पर्यटन व्यवस्थापन समिति घान्द्रुकमा गुरुङ


घान्दु्रुकको पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङलाई चयन गरिएको छ । पर्यटन व्यवस्थापन समिति घान्द्रुकको प्रथम अधिवेशनले उहाँको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा थमबहादुर विश्वकर्मा, सचिवमा माया पुन थापा, सहसचिवमा अर्जुन क्षेत्री र कोषाध्यक्षमा कृष्णप्रसाद गुरुङ चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा क्रमशः रामकुमारी दर्जी, मनोज गुुरुङ, रोविन गुरुङ, जयप्रसाद गुरुङ, धनबहादुर क्षेत्री, कृष्णबहादुर गुरुङ, ईश्वर गुरुङ, विनोद सुनार, कोमलबहादुर गुरुङ र अक्षा रसाइली रहनुभएको छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष एवं पर्यटन व्यवसायी किसम गुरुङले १५ वर्षसम्म घान्द्रुकको पर्यटन प्रवद्र्धनमा निरन्तर लागेको उल्लेख गर्नुभयो । कास्कीको उत्तरी भेगस्थित पर्यटकीय घान्द्रुक गाउँ हँुदै अन्नपूर्ण आधार शिविर, पुनहिल, घोडेपानी, टाडापानीलगायत स्थानमा साहसिक पदयात्रा गर्न सकिने भएका कारण पनि यो स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको स्थानीय युवा व्यवसायी अमृत लामा गुरुङले बताउनुभयो । घान्द्रुक ढुङ्गैढुङ्गाले छाइएका घर तथा छापिएका टोल बस्तीका कारण यसले ढुङ्गेली गाउँका रूपमा पहिचान बनाएको छ ।

कास्कीमा दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता

कास्कीमा आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कुल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाताले भाग लिने भएका छन् । यसअघिको स्थानीय निर्वाचनमा जिल्लामा दुई लाख ८१ हजार आठ सय ३३ मतदाता थिए । जिल्लामा यस बीचमा करिब १० हजार मतादाता थपिएका छन् ।

कुल मतदातामध्ये पुरुषको सङ्ख्या एक लाख ३९ हजार ४२ र महिलाको सङ्ख्या एक लाख ५२ हजार पाँच सय २२ रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा कुल तीन सय ४४ मतदान केन्द्र छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope