भुटानी शरणार्थी गुरुङको हत्यामा संलग्न पक्राउ


दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ४६ वर्षीय लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न भएको आशङ्कामा केहीलाई इलाम प्रहरीले पक्राउ गरिसकेको र उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीले पक्राउ परेकाको नाम खुलाएको छैन । बुधबार अपराह्न खुकुरी प्रहारबाट गुरुङको मृत्यु भएको थियो । झापा र इलामको सीमा नजिक पर्ने रतुवाखोलाको पुलमा गुरुङमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेका थिए । गुरुङको खुट्टा र हातमा गहिरो चोट लागेको थियो ।

त्यसपछि घटनास्थल पुगेका प्रहरीले घाइते गुरुङलाई उद्धार गरी उपचारका लागि लाइफलाइन अस्पताल पु¥याए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा साँझ नै उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार व्यक्तिगत रिसिइबीका कारण सो घटना भएको हुनसक्ने आशङ्का गरिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope