सिरहामा धान उत्पादनमा वृद्धि हुने


सिरहामा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । समयमा वर्षा र मौसम अनुकूल हुनुका साथै धान रोपाइँ समयमै भएकाले उत्पादनमा वृद्धि हुने आशा गरिएको हो ।

सिरहामा ७३ हजार नौ सय १४ हेक्टर खेतीयोग्य जमिन रहेको छ । यस वर्ष ५४ हजार हेक्टरमा धान रोपाइँ भएको छ । गत आर्थिक वर्षमा एक लाख ६२ हजार चार सय ३० मेट्रिकटन धान उत्पादन भएकामा चालु आर्थिक वर्षमा वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख नरेन्द्रकुमार महासेठले बताउनुभयो । रोग किराको प्रकोप कम भएको र समयमै पर्याप्त वर्षा भएकाले धान उत्पादन बढ्ने उहाँको भनाइ छ ।

किराको प्रकोप देखिए पछि प्रावधिक, कृषि ज्ञान केन्द्र र बाली संरक्षण प्रयोगशालाबाट किरा नियन्त्रण गर्न प्राविधिक खटाइएको कार्यालयका सूचना अधिकारी परमानन्द चौधरीले बताउनुभयो । रासायनिक मल सहजरुपमा उपलब्ध हुन सकेको भए उत्पादन अझ बढ्ने उहाँको भनाइ छ । सिरहामा सोना मन्सुरी, कान्छी, राधा १२, सावित्री, रामधान, मन्सुली, हर्दिनाथ, तरहरा–१, सुगा–३ स्थानीय वास्मती, सावित्री, कतरनीलगायत धान लगाउने गरिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope