बल्ल मनकामना मन्दिर परिसरको सत्तल पुनःनिर्माण


गोरखा भूकम्पले क्षति पु¥याएको गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा रहेको सत्तल पुनःनिर्माण हुने भएको छ । मनकामना मन्दिरका मूलपुजारी इन्सान थापामगर र मन्दिरका गुिठयार थकाली भीमबहादुर श्रेष्ठले संयुक्तरूपमा सोमबार सत्तलको शिलान्यास गर्नुभयो ।

मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले सत्तल निर्माण गर्न करिब रु ९० लाख लाग्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब दशैँलगत्तै पुनःनिर्माण सुरु हुन्छ, फिनिसिङ गर्दा थप लागत बढ्न सक्छ । करिब सात महिनाभित्रमा सत्तल निर्माण सम्पन्न हुन्छ ।”

उक्त सत्तलमा तत्कालीन समयमा मन्दिरमा आउने भक्तजनले बत्ती बाल्ने गर्दथे । हाल रहेको सत्तलको तेस्रो तलामा परेवा घर र मनकामना क्षेत्र विकास समितिको कार्यालय सञ्चालन हँुदै आएको छ । नयाँ निर्माण सम्पन्न भएपछि समेत सोही सत्तलमा समितिको कार्यालय सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope