दशै चाड मात्र होईन, धेरै कुराहरु सिकाउने पर्व पनि हो


दशैं सम्झाना साथ मनमा एक प्रकारको मिठो अनुभूति एवं खुशि छांउछ । मिठो खाने, राम्रो लगाउने, साथिभाई तथा ईष्टमित्रहरु भेटघाट गरि हर्षाेउल्लासका साथ मनाईने यस महान चाडबाट हामिले धेरै शिक्षा आर्जन गर्न सक्छौं । त्यसैले दशै चाड मात्र होईन, धेरै कुराहरु सिकाउने पर्व पनि हो, टिकाको साथसाथै शिक्षा पनि सिक्ने साईत पनि हो ।

1. आदर सत्कारः मानिसहरु बर्षभरि भेट नभएतापनि दशैंमा आफूभन्दा ठुलाहरुको हातबाट टिका र आशिर्वाद थाप्न टाढाबाट पनि पुग्छन् । आगो ताप्नु मूढाको, अर्ति सुन्नु बूढाको भन्ने उखानलाई मनन गर्दै उनिहरु ठुला मानिसहरुलाई टिका ग्रहण गरेपछि शिर निहुर्यांउछन् । आफूभन्दा ठुलालाई आदर सत्कार गर्नुपर्छ भन्ने नैतिक शिक्षा दशैंले दिन्छ ।

सन् १९७० मा बनेको दिलिप कुमारको हिन्दि चलचित्र गोपिमा नायक दिलिप कुमारले आफ्नो दाजुलाई चिनाउंदै भन्छन्– उहां नै हुनुहुन्छ जसको दर्शन गरेपछि मलाई मन्दिर जान आवश्यक पर्दनथ्यो । आफ्नो दाजुलाई गरेको आदर सत्कार, मांयाका यो दृश्यले आफूभन्दा ठुलालाई आदर सत्कार कसरी गर्नुपर्छ भन्ने शिक्षा प्रदान गरेको छ । मानिसले बांच्नको लागि खानु पर्छ, श्वास लिनु परे जस्तै एउटा सभ्य मानिसले ठूलाहरुलाई आदर सत्कार गर्न जरुरी हुन्छ ।

2. मांया ः दशैंमा ठुलाले सानालाई टिका लगाईदिएर आशिर्वाद दिन्छन् । उनिहरुको भलो चिताएर मांया, ममता प्रकट गरिने यस चाडले हामिले आफ्ना कर्मचारीहरु तथा सहयोगिहरुको भलो चिताउनुपर्छ, उनिहरुको प्रगतीको कामना गनुपर्छ भन्ने सन्देश दिएको छ । दशैंमा दिएको मांया, स्नेहले १ बर्षभरि हामिलाई सकरात्मक एवं निकट बनाउने भएकोले हामिले आफ्ना परिवार, साथिभाई तथा सहकर्मिहरुको भलो चिताएर उनिहरुलाई पनि सकरात्मक एवं निकट बनाउन सकिन्छ भन्ने शिक्षा प्राप्त गर्न सकिन्छ ।
ठुलाले मांया दिएनन् भने सानाहरुले पनि आदर नदिन पनि सक्छन् । जति ठुला मानिस भएतापनि सानाले टिका थाप्न गएनन् भने उनिहरुको दशैं खल्लो हुन्छ त्यसैले परिवार, साथिभाई तथा सहकर्मिहरुलाई मांया दिएमा उनिहरुले पनि आदर सत्कार गर्छन् ।

3. इच्छा पुरा गर्नु ः दशैंले धेरै मानिसहरुको इच्छा तथा मनोकामना पुर्याउने साईत जुर्याईदिन्छ । यो संसारमा सबै मानिसहरु केहि न केहि अभावमा बांचिराखेका हुन्छन् । परिवारसंग समय विताउने, घुम्न जाने, मिठो मिठो खाने, राम्रो राम्रो लाउने आदि । मानिसहरुले दशैंलाई यस्ता ईच्छा वा लक्ष्यहरु पूरा गर्ने साईतको रुपमा लिएको देखिन्छ । यस्ता बिभिन्न ईच्छा वा लक्ष्यहरु जस्तै मानिसले जिन्दगिमा लक्ष्यहरु लिएर पूरा गर्ने दृढ संकल्प सहित अगाडी बढ्यो भने सफल हुन्छ भन्ने दशैंबाट सिक्न सकिन्छ ।

मानिसहरु ठुला ठुला इच्छाको पछाडी दौडंडा दौडंदा साना साना इच्छाहरु मारेर वा दबाएर राखेका हुन्छन् । हामिले सानो सानो इच्छा वा सपनामा पनि खुशि पाउन सक्छौं त्यसैले साना वा ठुला ईच्छामा रमाउने र सोहि अनुसारको योजना बनाएर अगाडी बढ्दा राम्रो हुन्छ । भारतका अन्तराष्ट्रिय उत्प्रेरक शिव खेराले भनेका छन् म्च Dream is not that comes when you sleep, it is that which doesn’t allow you to sleep. अर्थात सपना त्यो होईन जुन निंद्रामा देखिन्छ, सपना त्यो हो जसले निदाउन दिंदैन । सानो होस् या ठुलो होस् सपना पुरा गर्दै जानु पर्छ, जबसम्म सपना पूरा हुंदैन त्यसमा खटिराख्नुपर्छ ।

4. सबैको दिन आंउछः अंग्रेजीमाभनाई छ ः Every dog has a day. जस्तोसुकै गरिब मानिस किन नहोस् अन्य दिनहरुमा जस्तो खाएतापनि जस्तो लाएतापनि दशैंमा राम्रो लाउने, मिठो खाएका हुन्छन् । त्यसैले हामिले जिन्दगिमा सफलता हांसिल भएन भनेर निराश हुनु हुंदैन । सबैंको दिन आंउछ, दिनपनि रात आंउछ, रातपछि फेरी दिन आंउछ ।

एउटा अंध्यारो कोठामा बसेको मानिसलाई दिनरात उस्तै लाग्छ तर यथार्थमा दिन उसको लागि पनि आएको हुन्छ तर, उसले त्यसलाई पहिचान गर्न नसकेको मात्र हो, त्यसैले आज मैले प्रगतिगर्न सकिन, म बढुवा हुन सकिन आदि ईत्यादि कुरामा अल्झिनु हुंदैन । आफ्नो दिन पहिचान गर्न तयार भएर बस्नुपर्छ ।

5. योजना तर्जुमाः प्राय मानिसहरुले अधिकांश समय ठोस योजना बनाएका हुंदैनन् तर, दशैंको लागि भने किनमेलको लागि पैसाको बन्दोबस्त, बिदाको सदुपयोगको योजना, मनोरञ्जन आदिको लागि योजना बनाएका हुन्छन् । कतिपयले त १ महिना अघिदेखि नै योजना बनाउंछन् र फलस्वरुप उनिहरुले दशैलाई सम्झनलायक तरिकाले धुमधामसंग मनाउंछन् । यदि हामिले कुनै पनि काम सम्पन्न गर्नको लागि राम्रोसंग योजना तर्जुमा गर्याैं भने त्यसको प्रतिफल पनि राम्रो राम्रो हुन्छ भन्ने यसको सन्देश हो ।

6. दिनुपर्छ भन्ने भावनाः जस्तोसुकै कठोर मानिस वा कन्जुस मानिस भएपनि उसले कुनै ब्यक्तिले दशै मनाउनको पैसा वा अन्य केहि सहयोग मागेमा सकभर सहयोग गर्छ किनभने उसमा दशै सबैले मनाओस्, उ पनि खुशि होस् भन्ने भावना हुन्छ । यो महान चाडले अरुलाई सहयोग गर्नुपर्छ, अरुलाई पनि खुशि बनाउने भावना बिकाश गराएको देखिन्छ ।

दुईजना गरिब मानिसहरुको भक्तिबाट प्रसन्न भएर भगवानले बरदान माग्न भन्नुभएछ । पहिलो मानिसले भनेछ– प्रभु म गरिबको घरमा समेत माग्नको लागि जोगिहरु आईराख्छन् मैले कसैलाई केहि दिनु नपरोस् तर, सबैले मलाई दिओस् । अर्काेले भनेछ– प्रभु मसंग जो जो माग्न आंउछन् कसैलाई पनि खालि हात फर्काउन नपरोस् । दुबैलाई भगवानले तथास्तु भन्नु भएछ । पहिलो मानिस जसले कसैललाई केहि दिन नपरोस भनेर मागेको थियो, भिखारी भएछ दोश्रो मानिस जसले कसैलाई पनि खालि हात फर्काउन नपरोस भनेको थियो त्यस गांउको धनी ब्यक्ति भएछ ।

दिने मानिस गरिब हुंदैनन् र उसको हात संधै माथि नै हुन्छ । तल त लिने मान्छेको हात हुन्छ त्यसैले हामिले दिने बानि बसाल्नुपर्छ चाहे त्यो धनहोस् वा ज्ञान होस् । Be a giver अर्थात सहयोगि बनौं, दिने बानि बसालौं ।

7. स्वतन्त्रताः दशैंको सबैभन्दा ठुलो उपलब्धि मानिसहरुले स्वतन्त्रता पाउनु हो । अहिलेको प्रतिस्पर्धात्मक जमानामा मानिसहरुले ब्यस्तताले गर्दा आफ्नै परिवारलाई पनि राम्रोसंग समय दिन नसकिरहेको अवस्थामा दशैंको बेला साना ठुला संगै खानपिउन गर्दै रमाईलो गर्दछन्, बुवाआमाले पनि आफ्ना छोरा छोरीहरुलाई दशैं हो रमाईलो गरोस् अर्थात उसले चाहेको गरोस् भनेर अलि स्वतन्त्र नै छाडिदिन्छन् । A. Philip Randolph ले भनेका छन कि, Freedom is never given; it is won. अर्थात स्वतन्त्रता कहिल्यै दिइदैन यसलाई प्राप्ति गर्नुपर्छ । दशैंमा मानिसहरु सबै चिज छाडेर स्वतन्त्रता प्राप्तिको लागि प्रयास गर्ने भएकोले यस समयमा उनिहरु बढिभन्दा बढि खुशि हुन्छन् । यदि हामिहरु दशैंमा जस्तै अन्य दिनहरुमा पनि स्वतन्त्रताको प्राप्ति गर्न खोज्यौ भने दशैंमा जस्तै खुशि हुन सकिन्छ भन्ने दशैबाट शिक्षा प्राप्त गर्न सकिन्छ ।

दशैंबाट सिक्न सकिने अन्य धेरै कुराहरु पनि छन् तर माथि उल्लेखित कुराहरुलाई मात्र भए पनि हामिले अनुशरण गर्न सकियो भने हामिलाई धेरै फाईदा हुन्छ । स्वस्थ र अनुशासित ढंगले मनाउन सकियो भने मानविय स्वास्थ र समाजिक बातावरणमा राम्रो योगदान दिन सकिनेछ । बडा दशैं तथा तिहारको हार्दिक मंगलमय शुभकामना ।

लेखक डा. बुद्धि मल्ल बैंकर हुन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope