मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल


गत वर्षको बाढीले पक्की पुल बगाएको मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ । विसं २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात पक्की पुल र ११ झोलुङ्गे पुल बगाएको थियो ।

नगरपालिकाले मेलम्ची र इन्द्रावती नदीमा ह्युमपाइप राखेपछि दसैँमा यातायात सहज भएको छ । नगरपालिकाले गए राति इन्द्रावती नदीमा ह्युमपाइप राख्ने काम सम्पन्न गरेको छ । बिहानैदेखि यहाँ यातायातका साधन सञ्चालनमा आएका छन् । नगरपालिकाले वडा नं ११ फट्टे मेलम्ची नदीमा एक हप्ताअघि नै ह्युमपाइप राखेर यातायात सञ्चालन भइसकेको इञ्जीनियर राजु दङ्गालले जानकारी दिनुभयो ।

दुवाचौरका व्यापारी जितु भारतीले अब सहजै सामान मेलम्चीबाट ल्याएर बेच्न सकिने भन्दै खुसी व्यक्त गर्नुभयो । त्यस्तै सामान ढुवानी गर्ने सवारी चलाउनुहुने रमेश श्रेष्ठले पनि गाडी चलाएर कमाइ गरी किस्ता तिर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । यसअघि बाढी आएपछि ह्युमपाइप निकालिएको थियो । चाडपर्व नजिकिएसँगै यातायातका साधन सहज आवातजावातका लागि ह्युमपाइप राखिएकोे नगरप्रमुख आइतमान तामाङले बताउनुभयो । ह्युमपाइप राखेपछि मेलम्ची, पाँचपोखरी थाङपाल, इन्द्रावती र हेलम्बु गाउँपालिकाका नागरिकको यात्रा सहज भएको छ ।

मेलम्ची बजार आउनका लागि पहिले इन्द्रावती पुल र फट्टेको पुल हुँदै झण्डै १५ मिनेटमा पुग्नेमा घण्टौँ समय लाग्ने गर्दा सास्ती भएको थियो । अस्थायी पुल राखेपछि मेलम्ची बजारमा व्यापार बढ्ने व्यवसायी एवं उद्योग वाणिज्य सङ्घ मेलम्चीका अध्यक्ष पुस्कर धितालले बताउनुभयो । हेलम्बु, मेलम्ची र पाँचपोखरीको गरी पाँच सय ५१ घर बाढीले बगाएको थियो भने पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो । बाढीबाट २६ जनाको मृत्यु भएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope