चाडपर्वले गाउँबस्ती खेलमय


ठूला चाडबाड सुरु भएसँगै कञ्चनपुरका गाउँबस्ती खेलमय बनेका छन् । नेपालीको महान् चाड बडा दसैँ तथा तिहारको अवसरमा आयोजना गरिने खेलकुदका गतिविधि बाक्लिदा गाउँबस्ती खेलमय बनेका हुन् ।

घरभन्दा टाढा रहेका मानिस चाडपर्वको लागि घर फर्किएपछि गाउँमा चहलपहल बढेको छ । जिल्लाका विभिन्न ठाउँमा चाडपर्वलाई लक्षित गरेर साना ठूला खेलकुद प्रतियोगिता आयोजना भइरहेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका–१ हात्तिथलामा आदर्श युवा समाजले क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । “प्रत्येक वर्ष दसैँ र तिहारको अवसरमा क्रिकेट प्रतियोगिता राख्ने गरेका छौँ”, आदर्श युवा समाजका अध्यक्ष ज्ञानेश्वर जोशीले भन्नुभयो, “चाडबाडमा खेलको निहुँमा साथीभाइसँग भेटघाट हुन्छ, साथै विभिन्न ठाउँका खेलाडी आउने हुनाले खेलाडीलाई सिक्ने मौका पनि हुन्छ ।” उहाँका अनुसार प्रतियोगितामा बेदकोट नगरका प्रत्येक वडाका एक÷एक टिम गरेर १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेतालाई नगद रु एक लाख एक सय र उपविजेतालाई रु ५० हजार नगद पुरस्कार प्रदान गरिने छ ।

“प्रत्येक वडाबाट एउटा टिम आउँछ, त्यहाँबाट खेलाडी छनौट गरेर नगरको टिम पनि तयार गरिन्छ”, अध्यक्ष जोशीले भन्नुभयो । बेदकोट नगरपालिका–३ भम्कामा पनि फुटबल प्रतियोगिता आयोजना गरिएको छ । चाडपर्वमा सबै फुर्सदमा हुनाले यस समयमा आयोजना गरिएका खेलले सामाजिक सद्भाव, एकता तथा भाइबन्धुत्वको भावना विकास हुने भम्कामा फुटबल प्रतियोगिता आयोजना गरिरहनुभएका सेक्युर्ड नेपालका अध्यक्ष प्रजापति भट्ट बताउनुहुन्छ । “विद्यार्थीको बिदाको समय छ, चाड पर्वले सरकारी कर्मचारी तथा घरबाट टाढा रहेका घर फर्किएका छन् । खेतीपाती सकेर चाडपर्वको यो समयमा अधिकतर फुर्सदमा छन्”, उहाँले भन्नुभयो, “त्यसैले चाड पर्व लक्षित गरेर प्रतियोगिता आयोजना गरिएको छ, खेलले चाड पर्वको समयमा फुर्सदमा रहेकालाई जोड्ने काम गरेको छ ।” विद्यालय बिदा भएर फुर्सदिमा बनेका विद्यार्थी तथा युवायुवती चाड पर्वको समयमा कुलतमा फस्ने खतरा हुनाले खेलुकदले कुलतमा फस्नबाट पनि जोगाउन सक्ने उहाँको भनाइ छ । प्रत्येक वर्ष चाड पर्वको अवसरमा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको उहाँको भनाइ छ ।

कञ्चनपुरको नौ वटै स्थानीय तहका गाउँबस्ती सहर बजारका युवायुवतीदेखि वृद्धवृद्धासम्म आयोजना गरिएका ‘खसी कप’ तथा नगद धनराशि पुरस्कारका खेलकुद कार्यक्रममा झुमेका छन् । कञ्चनपुरको भीमदत्त, दोधारा, बेदकोट, बेलडाँडी, पुनर्वास, बेलौरीलगायत ठाउँमा क्रिकेट, फुटबल, ब्याडमिन्टर, भलिबललगायत खेल आयोजना भइरहेका छन् । चाडपर्व सुरु भएसँगै खेलकुदका गतिविधि ह्वात्तै बढेको कञ्चनपुर जिल्ला खेलकुद समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “चाडपर्वले अहिले खेलकुद गतिविधि बढेका छन्, यसले खेल विकासमा टेवा मात्रै पुग्दैन, साथीभाइसँग भेटघाट हुनाले रमाइलो पनि हुन्छ ।”—


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope