सञ्जीव र सञ्जीत सम्मानित


मनमैंजुस्थित उमा कुङफु स्कुलले डब्लुएमएसी वल्र्ड मार्सल आट्र्स गेम्सका दोहोरो पदक विजेता सञ्जीव तामाङ र सञ्जीतकुमार राईलाई आज सम्मान गरेको छ ।

उक्त स्कुलले विजयादशमी, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा दुवैलाई सम्मान गरेको हो ।

तार्केश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जन, नेपाल उमा कुङफु सङ्घका अध्यक्ष सिद्धार्थ लामा तथा प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, उक्त स्कुलका संस्थापक एवं प्रमुख प्रशिक्षक रमेश महर्जनलगायतले उहाँहरुलाई सम्मान गर्नुभएको थियो ।

सो अवसरमा नगरप्रमुख महर्जनले नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिने र यस्ता योजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्लोभेनियमा सेप्टेम्बर २३ देखि २५ तारिखसम्म भएको प्रतियोगिताको पुरुष १८ वर्षमाथि चाइनिज फम्समा सञ्जीवले स्वर्ण पदक जित्नुभएको थियो । उहाँले लाइट कन्ट्याक्ट पुरुष ६५ केजीमुनिमा कांस्य पदक हात पानुभएको थियो । त्यस्तै भेट्रान पुरुष ३५ वर्षमाथि सञ्जीतले चाइनिज क्रिएटिभमा स्वर्ण तथा ट्रेडिसनल फम्समा कांस्य पदक जित्नुभएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope