पत्रकार उपचार कोषमा रु ६० लाख


नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा रु ६० लाख रकम जुटिसकेको छ । महासङ्घ झापाका सदस्य र दाताले दिएको सहयोगबाट हालसम्म कोषमा सो रकम जम्मा भएको हो ।

जिल्लामा, पत्रकार, सर्वसाधारणदेखि व्यवसायीले समेत विवाह वर्षगाँठ र जन्मोत्सवमा कोषमा रकम सहयोग गर्दै आएका छन् । कोषको रकम रु एक करोड पु¥याउने लक्ष्यसाथ सहयोगी दाताले दिएको रकम सङ्कलन गरिरहेको महासङ्घ शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो ।

उपचार कोष वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले मेचीनगर नगरपालिका–६ का ८४ वर्षीय कृष्ण उप्रेतीले आफ्नो जन्मोत्सवमा रु २५ हजार सहयोग गर्नुभएको छ । भानु साहित्यिक प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका उहाँले जन्मोत्सवका अवसरमा कार्यक्रममा नै आयोजना गरेर सो रकम अध्यक्ष गिरीलाई हस्तान्तरण गर्नुभएको हो । उहाँले यसअघि पनि जन्मोत्सवका अवसरमा स्थानीय क्लब, सङ्घसंस्थालाई यसरी नगद रकम सहयोग गर्दै आउनुभएको छ । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope