बस्तीमा बाढी पस्यो, सडकको बास


कैलालीमा केही दिनदेखिको लगातारको वर्षाका कारण घर डुबानमा परेपछि बाढीपीडित हुलाकी सडकमा टहरा निर्माण गरी बसेका छन् ।

भजनी नगरपालिका–८ का दुई सय ५० घरधुरीका अन्दाजी छ सय जना अहिले हुलाकी सडकमा अस्थायी बसोबासका लागि टहरा निर्माण गरी बसोबास गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भजनी नगरपालिका–३ का ७० घर धुरीका अन्दाजी दुई सय ५० जना सोही नगरपालिकास्थित रहेको राष्ट्रिय माध्यामिक विद्यालय ढुसीमा र वडा नं ३ का १५ घरधुरीका अन्दाजी ६० जना मानिस हुलाकी सडकखण्डको किनारमा त्रिपाल रोकी बसेका छन् ।

अविरल वर्षाका कारण कान्द्रा र मोहना नदीमा आएको बाढी कारण भजनी नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका हुन् । वर्षाले भजनी नगरपालिकाको वडा नं ३, २, ७ र ८ का पल्टापुर, मोहनपुर तिनघरुवा, शिविर टोल, खल्ला टोल र पाण्डे टोललगायतका बस्तीमा बाढी पस्दा घर डुबानमा परेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope