काजी रोशन साहित्य पुरस्कार’ उपन्यासकार मिलनलाई


बागलुङ, २९ असोज (रासस) :

सुनसरी, इटहरीका साहित्यकार टीका मिलनलाई ‘काजी रोशन साहित्य पुरस्कार’ प्रदान गरिने भएको छ ।

धवलागिरि साहित्य प्रतिष्ठान, बागलुङले विसं २०७८ को सो पुरस्कार मिलनको उपन्यास कृति ‘पटाक्षेप’का लागि प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारका लागि देशभरबाट प्राप्त कृतिमध्येबाट निरुपण मण्डलले मिलनको उपन्यासलाई छनोट गरेको हो । उक्त निर्णयलाई शुक्रबार बसेको प्रतिष्ठानको प्रबन्ध समिति बैठकले अनुमोदन गरेको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो ।

हरेक दुई वर्षमा राष्ट्रियस्तरमा प्रदान गरिने उक्त पुरस्कारको राशि रु २० हजार छ । यही कात्तिक तेस्रो हप्ता आयोजना हुने विशेष समारोहमा पुरस्कार समर्पण गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले १६औँ पटकमा उपन्यासकार मिलनलाई सो पुरस्कार प्रदान गर्न लागेको हो । यसअघि उक्त पुरस्कारबाट काठमाडौँका साहित्यकार बाजुराम पौडेल, तनहुँका काशीनाथ न्यौपाने, उदयपुरका मातृका पोखरेललगायत पुरस्कृत भइसक्नुभएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope