शान्ति समाजद्वारा दुई साहित्यकार पुरस्कृत


मोरङ, ५ कात्तिक (रासस)ः

मानव अधिकार तथा शान्ति समाजले साहित्य क्षेत्रमा योगदान पु¥याएबापत दुईजना साहित्यकारलाई यहाँ पुरस्कृत गरेको छ ।

समाजद्वारा शुक्रबार यहाँ आयोजित एक कार्यक्रममा साहित्यकार सीमा आभासलाई रु २० हजार राशिको ‘राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान’ र मनु विश्वकर्मालाई रु २० हजार राशिको ‘नारायण दाहाल स्रष्टा सौगात’ पुरस्कारबाट सम्मान गरिएको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पुरस्कार वितरण गर्दै नगरले भौतिक संरचनाको विकासलाई भाषा, साहित्य र कलासँग जोड्न सके दिगो विकास हुने बताउनुभयो । समारोहमा प्राज्ञ विवश पोखरेल, खेम नेपाली, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाल, आयोजक संस्थाका मोरङ अध्यक्ष भेषराज पोखरेल, सचिव अशोक लामालगायतले साहित्य एवं संस्कृतिको विकासबाट मुलुकको समृद्धि झल्कने धारणा राख्नुभयो । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope