कांग्रेसले गरेको प्रतिबद्धता पूरा हुन्छ : मन्त्री कार्की


इनरुवा, १३ कात्तिक (रासस) :

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसले गरेको प्रतिबद्धता सबै पूरा हुने बताउनुभएको छ । सुनसरीको कोसी गाउँपालिका–५ मा आज लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।

उहाँले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा कांग्रेसका उमेदवार विजयी भएपछि पार्टीले आफ्नो घोषणापत्रमा नेपाली जनतासमक्ष गरेको सबै प्रतिबद्धता पूरा हुने बताउनुभयो ।

तीन वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार खर्च राज्यले बेहोर्ने, ७३ वर्षभन्दा माथिका जुनसुकै बिरामी भए पनि त्यसको खर्च राज्यले गर्ने, ६५ वर्षभन्दा माथि उमेर समूहका सबै नागरिकलाई वृद्धभत्ता दिनेलगायत कांग्रेसले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्ने भएकाले कांग्रेससहित लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन मन्त्री कार्कीले आग्रह गर्नुभयो ।

लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि सुनसरी क्षेत्र नं ४ का उम्मेदवारसमेत रहनुभएका मन्त्री कार्कीले यस क्षेत्रमा रहेका विद्यालय र मदरसालाई ‘स्मार्ट स्कुल’का रुपमा परिणत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यसका लागि आवश्यक बजेटसमेत विनयोजन गरिसकेको जानकारी दिनुभयो । “मोबाइल नेटवर्कको समस्या सधैँका लागि अन्त्य गर्न आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छु”, उहाँले भन्नुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope