रामेछाप र दोलखाका जोगीको पुर्ख्यौली पेसा हराउँदै


रामेछाप, १३ कात्तिक (रासस) :

गाँउघरमा फेरी लगाएर आफ्नो जीविकोपार्जन गर्ने रामेछाप र दोलखाका जोगीको पेशा सङ्कटमा पर्न थालेको छ । बुढापाका पेशा गर्न नसक्ने र युवापुस्तामा पेशाप्रति लगाव नहुँदा उनीहरुको पुर्ख्यौली पेशा सङ्कटमा पर्न लागेको हो ।

जोगीहरुले कात्तिक र चैतमा रातिको समयमा घरघर पुगेर मन्त्रोचारण गर्दै फेरी लगाउने गर्दछन् । रातभर फेरी लगाउने र भोलिपल्ट सङ्कलित सिदा (चामल तथा नगद)ले जीविकोपार्जन गर्दै आएका उनीहरुको पेशा यतिबेला सङ्कटमा पर्न थालेको छ । फेरी लगाएर जीविकोपार्जन गर्न समस्या हुन थालेपछि यो लोप हुन थालेको उनीहरुको भनाइ छ ।

“सरकारी निकायबाट जीविकोपार्जनका लागि वैकल्पिक व्यवस्था होस् भन्ने हाम्रो अपेक्षा छ”, रामेछापका गणेशबहादुर जोगीले भन्नुभयो । “हामीहरुले यो पेशालाई पहिले जीविकोपार्जनको माध्यम बनाएका थियौँ, तर अहिले त्यो अवस्था छैन”, दोलखाका मोहनबहादुर जोगीले भन्नुभयो, “तर कतैबाट कहीकतैबाट सहयोग नहुँदा चिन्ता लागेको छ ।” विभिन्न मत्रोचारण गर्दै प्रत्येक घरको चार सुर घुमेर फेरी लगाउदा घरमा शान्ति, सद्धभाव कायम हुने, भुत, प्रेतले दुःख नदिने बालबालिका र चौपायालाई समेत राम्रो हुने विश्वास छ ।

सिदा उठाउन अउने जोगीलाई नाङ्लोमा धान, मकै, चामल, घिउ, कुभिन्डो फलाम, नून, बेसार तरकारी, फलफूल, पानी र कालो कपडासमेत राखी दियो बाली दान गर्ने चलन छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope