कैलाली बाढीको असर ः स्थानीय तरकारी पाउनै मुस्किल


कैलालीका बजारमा यतिखेर स्थानीय उत्पादित तरकारी आइसकेको हुन्थ्यो । दसैँ तथा तिहारका समयमा यहाँका बजारमा स्थानीय किसानले उत्पादन गरेको तरकारीले बजार ढाक्थ्यो ।

उपभोक्ताले सस्तो मूल्यमा तरकारी किन्न पाउँथे तर यस वर्ष असोज महिनामा आएको बाढीले बजारमा स्थानीय तरकारी आउन सकेन । किसानले भर्खरै रोपेको तरकारी बाढीले नष्ट गरेपछि यस वर्ष दसैँ तिहारमा यहाँका उपभोक्ताले अहिलेसम्मकै महँगो तरकारी किन्नुप¥यो । कैलालीका बजारमा यो समयमा स्थानीय बारीमा उत्पादन भएको साग, काउली, मूला, धनिया, टमाटर, बोडी, फर्सी, लौकालगायतका तरकारी सहजै पाइन्थे तर यस वर्ष यी सबै जातका तरकारी यहाँका ब्यापारीले भारत तथा अन्य जिल्लाबाट आयात गर्ने गरेका छन् ।

यसले बजार निकै महँगो भएको उपभोक्ता हरि विकले बताउनुभयो । “यस वर्ष चाडपर्वमा मासुभन्दा तरकारी महँगो भयो, चाडपर्वमा बढी तरकारी खपत हुने गर्छ । प्रतिकिलो रु १०० मुनि कुनै तरकारी पाइएन, गत वर्ष यो बेला साग रु २०÷३० मा पाइन्थ्यो । यस वर्ष खान सकिएन ।” टीकापुर बजारमा अहिले तरकारीको बजार मूल्य यस वर्षकै महँगो अवस्थामा पुगेको छ ।

चाडपर्वसँगै स्थानीय उत्पादन नहुँदा यस वर्ष तरकारीको बजार मूल्य अधिक बढेको उपभोक्ताको गुनासो छ । बजारमा अहिले काउली, साग, खुर्सानी, टमाटर, मूला, च्याउलगायतका तरकारीको मूल्य उच्च छ । प्रतिकिलो रु १०० माथि नै छ । तरकारीको सिजन लाग्दै गर्दा र स्थानीय उत्पादन हुने बेलामा पनि बजारमा तरकारीको मूल्य अधिक नै छ । “तिहारका समयमा खोजेको सबै तरकारी पाउन सकिएन, काउली प्रतिकिलो रु १५० मा किनियो, प्याज पनि प्रतिकिलो रु १४० मा किन्यौँ, अन्य तरकारी पनि यस्तै महँगो खानुप¥यो”, उपभोक्ता कमला न्यौपानेले भन्नुभयो, “बजारमा महँगो भएपछि हामी निकै मर्कामा परेका छौँ । सिजनल तरकारी पनि निकै महँगोमा खानुपरेको छ ।”

चाडपर्वसँगै स्थानीय उत्पादन नहुँदा यस वर्ष तरकारीको बजार मूल्य अधिक रहेको स्थानीय उपभोक्ता अमित चौधरीले बताउनुभयो । “तरकारी छोइसक्नु छैन, यति महँगो तरकारी अहिलेसम्म खाएको थिएन”, उहाँ भन्नुहुन्छ, “हामीजस्ता सधैँ किनेर खानेलाई यो महँगीले हैरान बनायो ।” बजारमा अहिले सिजनल सबैजसो तरकारी पाइन्छ तर यहाँको उत्पादन भने न्यून रहेको छ ।

प्रायः सबै तरकारी पहाडी क्षेत्रसँगै भारतीय उत्पादन रहेका छन् । स्थानीयस्तरमा उत्पादन नहँुदा अहिले यस क्षेत्रका उपभोक्ता महँगीको मारमा परेका अर्का उपभोक्ता उमा टमट्टाको भनाइ छ । “यहाँ बाढी नआएको भए यतिखेर स्थानीय तरकारी खान पाइन्थ्यो, स्थानीय तरकारी आएको भए सस्तो पाइन्थ्यो”, उहाँले भन्नुभयो, “स्थानीय साग बजारमा आउन थालिसकेको थियो, बाढीले सबै नष्ट ग¥यो, बाढी आएपछि साग खान पाइएको छैन ।”


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope