आजदेखि पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय गोल्डकप


सुन्दरहरैँचा, १५ कात्तिक (रासस) ः

मोरङको बेलबारीमा पाँचौँ बेलबारी बुद्व एयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि यहाँ सुरु हुँदैछ । डाँगीहाट युथ क्लबका आयोजनामा बेलबारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा फुटबल प्रतियोगिता हुने छ ।

अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता यही कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विजेता टोलीले नगद रु आठ लाख एक हजार र उपविजेताले चार लाख एक हजार पाउने आयोजकले बताएको छ । बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई (डिपी)ले फुटबल प्रतियोगिता बेलबारीवासीको गौरवको विषय भएको बताउनुभयो ।

प्रतियोगिताले हाम्रो नगर तथा खेलाडीलाई समेत देश तथा विदेशमा परिचित गराउन मद्दत पुयाएको छ । उहाँले भन्नुभयो, “मोफसलबाट सुरू भएर अन्तर्राष्ट्रियस्तरसम्म पुगेको बेलबारी गोल्डकपले खेलक्षेत्रलगायत समाजिक र आर्थिक विकासमा समेत टेवा पुयाएको छ ।” पाँचाँै बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण स्वर्णकप फुटबल आयोजक समितिका अध्यक्ष विक्रम बान्तवा राईले बेलबारीको पहिचानलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन बेलबारी गोल्डकप प्रतियोगिता सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

डाँगीहाट युथ क्लबद्वारा आयोजित बेलबारी स्वर्णकपको खेल संयोजक भएर काम गर्न पाउँदा खुसी लागेको खेल संयोजक भाइकुमार गुरूङले बताउनुभयो । यसपटकको प्रतियोगितामा १० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीले प्रतिस्पर्धा जनाइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope