छात्रवृत्तिले बालबालिकाको पढाइ नियमित


सुर्खेत÷भेरीगङ्गा, २० कात्तिक (रासस)ः

दैलेखको गुराँस गाउँपालिका–१ निवासी हिमा विक सानै छँदा उहाँका बुवाको मृत्यु भयो ।

परिवारमा कमाइकाज गर्ने अभिभावक नभएपछि उहाँलाई आर्थिक समस्या थपियो । तर पनि आमाले जेनतेन गाईभैँसी पालेर घरखर्चको जोहो गर्नुभयो । हिमा माथिल्लो कक्षामा पढ्न थाल्नुभयो, तब उहाँलाई कापी, किताब र पढाइ खर्च अभाव हुन थाल्यो । यतिसम्मकि उहाँलाई अर्थाभावकै कारण आफ्नो पढाइ छुट्ने चिन्ताले सताउन थाल्यो । अर्थाभावकै कारण हिमा विद्यालय छाड्ने निर्णयमा पुग्नुभयो ।

त्यतिबेला उहाँ ८ कक्षामा पढ्दै हुनुहुन्थ्यो । उहाँकी आमा तुलसी विक भन्नुहुन्छ, “घरमा हामी आमाछोरीमात्रै छौँ, कमाउने मान्छे नहुँदा घरखर्च चालाउनै मुस्किल छ । विद्यालय पोशाक र किताब किन्ने पैसा नहुँदा छोरीले स्कुल नै छाड्ने अवस्था आयो, गरिबलाई त पढ्न पनि सजिलो रहेनछ ।” तर अर्थावस्थाका कारण समस्या पर्नुभएकी हिमाले अहिले छात्रवृत्ति पाउन थाल्नुभएको छ ।

छात्रवृत्तिले गर्दा हिमाको पढाइ पनि नियमित भएको छ । गुराँस गाउँपालिकामा सेभ द चिल्ड्रेनसँगको साझेदारीमा लागू भएको ‘जोखिम बालबालिकासँग अध्यक्ष कार्यक्रम’मार्फत सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले छात्रवृत्ति उपलब्ध गराउन थालेको हो । संस्थाको पहलमा छोरीको पढाइ नियमित भएपछि हिजोआज तुलसीको अनुहारमा खुसी छाएको छ ।

“हामी गरिबको कोही छैनन् भन्ने लाग्थ्यो”, उहाँभन्नुहुन्छ, “छोरीको नाममा गाउँपालिका र सोसेकले रु २५ हजार रकम जम्मा गरिदिनुभएको रहेछ, त्यही पैसाको ब्याजबाट अहिले छोरीको पढाइ खर्च टरेको छ”, उहाँ अहिले १० कक्षा पढ्दै हुनुहुन्छ । हिमामात्रै होइन, गुराँस गाउँपालिका–४ रिठ्ठाका प्रेम मल्ल र देवीसरा मल्लका आमाबुवा दुवै हुनुहुन्न । उहाँहरु अहिले हजुरआमाको संरक्षणमा हुनुहुन्छ । उहाँहरूलाई पनि पढाइ खर्च जुटाउन हम्मेहम्मे थियो । शिक्षामा लाग्ने सबै खर्च जुटाउने माध्यम केही थिएन ।

अनि जोखिम बालबालिकासँग अध्यक्ष कार्यक्रममार्फत प्रेम र देवीसरा पनि छात्रवृत्तिका लागि छनोटमा पर्नुभयो । सहकारीमा जम्मा भएको रु २५–२५ हजार रकमबाट आउने ब्याजले हिजोआज उहाँहरुको पढाइ खर्च जुटेको छ । अर्थाभावकै कारण पढाइ पूरा गर्न सकिन्न कि भन्ने चिन्ता अहिले हटेको छ । प्रेम अहिले १० कक्षामा पढ्नुहुन्छ भने देवीसरा ८ कक्षामा पढ्दै हुनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “देख्दा सानो रकम लाग्ला, तर यसले हाम्रो पढाइ नियमत भएको छ ।” आफूहरूको २५ हजार रकम सहकारीमा जम्मा भइरहेको जनाउँदै उमेरले २० वर्ष पुगेपछि उक्त रकम पाउने प्रेम बताउनुहुन्छ । गुराँस गाउँपालिकाले विसं २०७६ मा ल्याएको जोखिम बालबालिकासँग अध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । हाल गाउँपालिकाका आठवटै वडाका सात सय ६७ जना जोखिम तथा असहाय बालबालिका यो कार्यक्रमबाट लाभान्वित भएका छन् । जसमध्ये तीन सय ८७ बालिका र तीन सय ८० बालक रहेको सोसेक नेपालका बाल संरक्षण संयोजक निर्मल अधिकारीले जानकारी दिनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope