‘ब्याकस्लाइडिङ’ विरुद्ध चेतावनीसहित संयुक्त राष्ट्रसङ्घको जलवायु शिखर सम्मेलन सुरु


उत्सर्जन कटौतीगर्ने प्रयासमा पछि नहट्ने प्रतिवद्धतासहितसंयुक्त राष्ट्रसङ्घको जलवायु शिखर (कोप–२७)सम्मेलन इजिप्टमा आइतबारदेखि शुरु भएको छ ।

बितेका केही महिनामा जलवायु परिवर्तनका कारण सिर्जित विपत्तिले विश्वभरि हजारौंको ज्यान लिइसकेको छ, लाखौं विस्थापित भएका छन् र अर्बौंको क्षति भएको छ ।

पाकिस्तान र नाइजेरियामा आएको भीषण बाढीले तहसनहस बनायो, अफ्रिका र पश्चिमी संयुक्त राज्य अमेरिकामा खडेरी बढ्यो, क्यारिबियन क्षेत्रमा चक्रवात फैलियो र तीन महादेशमा अत्यधिक गर्मी बढ्यो । रेड सीको किनारामा रहेको शर्म अल शेख रिसोर्टमा आयोजित सम्मेलन युक्रेनविरुद्ध रूसको युद्ध, ऊर्जा सङ्कट, बढ्दो मुद्रास्फीति र कोभिड महामारीको लामो समयसम्मको प्रभावले भरिएको एक सङ्कटपूर्ण वर्षमा हुन लागेको हो ।

तर संयुक्त राष्ट्रसङ्घका जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव सिमोन स्टिएलले सन् २०३० सम्ममा हरितगृह उत्सर्जन४५ प्रतिशतले घटाउने र १९ औं शताब्दीको उत्तरार्धमा विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्यमा आफू ‘पछि नहट्ने’ बताउनुभएको छ ।

१३ दिने शिखर सम्मेलन सुरु हुनासाथ स्टिलले भन्नुभयो,“हामी मानिसहरूलाई जवाफदेही बनाउनेछौं, चाहे उनीहरु राष्ट्रपति, प्रधानमन्त्री, कार्यकारी प्रमुख नै किन नहोउन् । उहाँले भन्नुभयो, “कार्यान्वयनको केन्द्रबिन्दु भनेको जलवायु सङ्कटलाई सम्बोधन गर्न हरेक दिन विश्वका सबै ठाउँबाट सबैले सक्दो प्रयास गरिरहेका छन् ।” यस दशकको अन्त्यसम्ममा कार्बन प्रदुषण १० प्रतिशतले बढ्ने र पृथ्वीको सतह २.८ डिग्री सेल्सियससम्म बढ्ने अनुमान गरिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope