सुर्खेतमा चलचित्र महोत्सव जारी


कर्णाली, २२ कात्तिक (रासस):

नेपालस्थित युरोपियन युनियनको प्रतिनिधिमण्डलले पहिलोपटक सुर्खेतमा आयोजना गरेको ११औँ संस्करणको नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव जारी रहेको छ ।

गत कात्तिक १९ गतेदेखि सुरु भएको महोत्सव वीरेन्द्रनगर कुइनेपानीस्थित मध्यपश्चिम विश्वविद्यालयको सेमिनार हलमा सञ्चालन भइरहेको छ । महोत्सवमा पाँच युरोपेली र तीन नेपाली चलचित्र दर्शक स्रोतालाई निःशुल्क हेर्ने अवसर मिलाइएको प्रतिनिधिमण्डलका प्रेस तथा सूचना अधिकारी अम्बर मैनालीले जानकारी दिनुभयो । “महोत्वस भौतिक र अनलाइन माध्यम गरी मिश्रित विधिबाट सञ्चालन गरिएको छ”, उहाँले भन्नुभयो, “चलचित्रप्रति दर्शकको आकर्षण पनि बढेको र उत्साह पनि थपिएको पाएका छौँ ।”

गत असोज १९ गते अरस्टी रियाहीले निर्देशन गरेको ‘अस्कर एवं लिली’ फिल्म र २० गते लोरेन्ट मिचेली र ओस्कारले निर्देशन गरेको ‘लोला’ र किरण श्रेष्ठले निर्देशन गरेको ‘यट द अनदर विन्टर’ प्रदर्शन गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार सोमबार द लिटिल कमरेड, ‘गड्स् अफ मोलेन्बेक’, लाहुरेनी गोर्खा गर्ल देखाइएको छ । आज कात्तिक २२ गते समापनसत्रमा मिसा क्याम्पद्वारा निर्देशन गरिएको रोमिज सलुन र सुजित बिडारीले निर्देशन गरेको नेपाली कथानक चलचित्र ‘ऐना झ्यालको पुतली’ देखाइनेछ ।

ऐना झ्यालको पुतलीले हालैका दिनहरूमा थुप्रै प्रशंसा कमाएको छ । नेपालस्थित प्रतिनिधिमण्डलकार्यवाहक प्रमुख डा जोयले इभोनेटले काठमाडौँबाहिर सुर्खेतमा नेपाली चलचित्र प्रस्तुत गर्न पाउँदा उत्साही भएको प्रतिक्रिया दिनुभयो । उत्कृष्ट फिल्मको प्रदर्शनले आम कर्णालीवासी दशर्कका साथै फिल्मका विद्यार्थीका लागि उपयोगी हुने उहाँले व्यक्त गर्नुभयो ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले युरोपियन युनियनसँग चलचित्र महोत्सवमा सहकार्य गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो । फिल्मबाट युरोप र नेपालको सांस्कृतिक र सामाजिक जीवनबारे थाहा पाउन एवं एकापसको सम्बन्ध प्रगाढ बनाउन सहयोग पुगेको उहाँले बताउनुभयो । आगामी वर्ष कर्णालीको परिवेश समेटिएका वृत्तचित्र र फिल्मलाई पनि प्राथमिकतामा राख्न आयोजकलाई उपकुलपति प्रा डा सिंहले सुझाउनुभएको छ । चलचित्रकर्मी सुजित बिडारीले कर्णाली प्रदेशका चलचित्रका विद्यार्थी तथा चलचित्रकर्मीलाई महोत्सव समापनको दिन मास्टरक्लास सञ्चालन गर्ने जनाइएको छ ।

आइतबार ‘लोला’ फिल्म हेरेपछि दर्शकले औधी मन छोएको प्रतिक्रिया दिए । दैलेखकी सुर्जा रावलले लोलाले फिल्मले आफ्नो मन छोएको प्रतिक्रिया दिनुभयो भने सुर्खेत लेकबेँसी नगरपालिकाका शेरबहादुर आचार्यले तेस्रो लिङ्गीको अन्तरआत्माको कथालाई समेटेको प्रस्तुति राम्रो लागेको जनाउनुभयो । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope