भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार प्रवद्र्धन मेला’


काठमाडौँको भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार प्रवद्र्धन मेला’ हुने भएको छ ।

नेपालमा उत्पादित जुत्ताचप्पललाई प्रवद्र्धन गर्नका लागि फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा कात्तिक २४ देखि आगामी पुस २ गतेसम्म मेला आयोजना हुन लागेको हो । मेलाका संयोजक एवं एशोसिएशनका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले जाडो मौसमलाई लक्षित गरी आयोजना सुरु गर्न लागिएको जानकारी दिनुभयो ।

मेलामा जुत्ता चप्पल खरिद गर्दा १५ देखि ५० प्रतिशतसम्म सहुलियतको व्यवस्था गरिएको उहाँको भनाइ छ ।

तीन हजारभन्दा बढी मोडलका जुत्ता चप्पल एकैठाउँमा उपलब्ध गराइने भएकाले ग्राहकलाई जुत्ताचप्पल खरिद गर्न सहज हुने मेलाका सहसंयोजक जीवन श्रेष्ठले बताउनुभयो ।

मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । मेलामा नेपालमा उत्पादित बिएफ डियरहिल सुज, रोयल सुज, रन सुज, कोशेली, फस्ट वाक, क्रस रोड, केटिएम, भिएनएस, स्टाइल सुजलगायत प्रदर्शनीमा राखिने छन् । उक्त मेलामा रु सयको चप्पलदेखि रु १० हजारको जुत्तासम्म राखिने संयोजक उपाध्यायले बताउनुभयो । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope