क्यान्सरपीडित बालकको उपचारमा आर्थिक अभाव


‘ब्लड क्यान्सर’ पीडित खोटाङको खोटाङ–१ गहतेका आठ वर्षीय कौशल थापाको उपचारमा अर्थाभाव भएको छ ।

क्यान्सर लागेको थाहा पाएपछि कान्ति बाल अस्पताल काठमाडौँमा दुई महिनादेखि उपचाररत कौशलको थप उपचारमा अर्थाभाव भएको हो ।

किमोथेरापीबाट उपचार भइरहेको छोराको उपचारका क्रममा हालसम्म रु पाँच लाखभन्दा बढी खर्च भइसकेको बुवा सुशील थापाले बताउनुभयो । “छोरा बिरामी परेपछि विदेशमा कमाइ गर्दागर्दै उसको उपचार गर्न घर फर्किएँ”, उहाँले भन्नुभयो, “क्यान्सर गम्भीर रोग भएका कारण उपचारमा ठूलो खर्च लाग्ने रहेछ ।

आफूले कमाएको पैसा पनि त्यसैमा सकियो । छोराको ज्यान बचाउन अहिले सबैसँग अपिल गरिरहेका छौँ ।” उपचारमा संलग्न चिकित्सकले दुई–तीन वर्षसम्म पनि निरन्तर उपचार गर्नुपर्ने अवस्था हुनसक्ने बताएका छन् ।

तर, कुनै आयस्रोत नभएपछि सहयोगको याचना गरेका उहाँले बताउनुभयो । “तपाईँहरूले गर्ने सानो सहयोगले मेरो छोराको ज्यान बच्छ”, आर्थिक सहयोगको याचना गर्दै सुशीलले भन्नुभयो, “अप्ठ्यारोमा त हो सबैको सहयोग चाहिने ।

मानवीय सहयोग गरेर पुण्य कमाउने अवसर पनि हो यो । भोलि जो–कोहीलाई यस्तो समस्या पर्न सक्छ ।”

क्यान्सरपीडित बालकको उपचारार्थ आर्थिक सहयोग जुटाउन अहिले ‘कौशल थापा बचाऊ अभियान’ पनि सञ्चालन भइरहेको छ । सहयोग गर्न चाहने व्यक्तिले सोझै सिभिल बैंकमा खोलिएको खाता नं १२०१०७१०६३३०११ मा जम्मा गर्न तथा मोबाइल नं ९८२६४१८८६८, ९८६०५८९९०४ र ९८४३४६०००० सम्पर्क गर्न सक्ने व्वस्था मिलाइएको जनाइएको छ । —


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope