मादीमा बगेर वृद्धको मृत्यु


दमौली, २६ कात्तिक (रासस) :

तनहुँको व्यास नगरपालिका–३ शान्तिनगरस्थित मादी नदीमा नुहाउने क्रममा बगेर आज एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० का ६० वर्षीय झिलकबहादुर पौडेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । दिउँसो साढे १२ बजे पौडेल मादीमा नुहाउने क्रममा बगेका थिए ।

स्थानीयवासीले उनको उद्धार गरी उपचारका लागि दमौली अस्पताल लगेको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope