अफ्रिकी ‘कोप’ : भोकमरी मुद्दाले प्राथमिकता पाएन


इजिप्ट (शार्म एल–शेख), २७ कात्तिक (रासस):

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)मा खाद्य सङ्कटको मुद्दाले अपेक्षाकृत प्राथमिकता नपाएको देखिएको छ । अफ्रिकी मुलुक इजिप्टमा भइरहेको यस सम्मेलनलाई अफ्रिकी कोपसमेत मानिन्छ ।

सम्मेलनका हालसम्मका कार्यक्रम र छलफलमा उठेका विषयवस्तु हेर्दा यस महादेशका मुख्य मुद्दा जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य सङ्कट, भोकमरी र खडेरीजस्ता विषयले आशा गरेअनुसार प्राथमिकता पाउन सकेको देखिँदैन । यी विषयले प्राविधिकरूपमा महत्व पाए पनि र सम्मेलनको उच्चस्तरीय सत्रमा राजनीतिकरूपमा कुरा उठे पनि औपचारिक एजेण्डा बन्न नसकेको सम्मेलनमा सहभागी ‘वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्’ सदस्य डा विमलराज रेग्मीले जानकारी दिनुभयो ।

यी विषयमा विश्व खाद्य तथा कृषि सङ्गठनको पहलमा विभिन्न छलफल गरिएको छ । यद्यपि अफ्रिकी महादेशमा भइरहेको सम्मेलनमा पनि यी विषयलाई औपचारिक एजेण्डा बनाउन नसक्नु दुभाग्र्य भएको बताउँदै उहाँले आगामी सम्मेलनमा औपचारिक एजेण्डा बन्ने अपेक्षा गर्नुभयो । जलवायुमा देखिएका परिवर्तनशीलता जस्तैः अतिवृष्टि, अनावृष्टि, खडेरी, पहिरो र बाढीका कारण नेपालमा कृषि उत्पादन, पशुपालन र मत्स्यपालनमा १० देखि ३० प्रतिशतसम्म उत्पादनमा ह्रास आएको पाइएको जनाइएको छ ।

सम्मेलनमा सहभागी राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले जलवायु परिवर्तनका कारणले विश्वमा नै खाद्य प्रणालीमा परेको सङ्कटको विषयलाई सम्मेलनमा प्राथमिकताका साथ उठनुपर्ने बताउनुभयो । ‘डिसिए’का जलवायु कार्य सल्लाहकार राजन थापाले सम्मेलनको सुरुआती चरण हेर्दा खाद्य सङ्कटको विषय जबर्जस्त आउनुपर्ने अपेक्षा रहेको भए पनि अफ्रिकी मुुलुकले यसअघि उठाएर जसरी यो विषय उठाएको नदेखिएको बताउनुभयो । सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवले जलवायु परिवर्तनले विश्वव्यापीरूपमा नै खाद्य सङ्कट बढाएको उल्लेख गर्दै यसको समाधानका लागि न्यूनीकरणमा नै जानुपर्ने बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope