परम्परागत ‘बगनासे साँचो’ लोप हुने अवस्थामा


बगनासकाली ९ चापपानीका टेकबहादुर विश्वकर्माले स्थानीय सामग्रीको प्रयोग गरेर साँचो (ताल्चा) बनाउन लागेको ५० वर्ष भयो । बगनासडाडाँका ८/१० घर परिवारले लामो समयदेखि साँचो बनाउँदै आएका थिए ।

विश्वकर्माका हजुरबुबादेखिको यो पेसा ७४ वर्षीय टेकबहादुरले एक्लै धानिरहनुभएको छ । “पहिला त सबैका घरमा बगनासे साँचो हुन्थे, विदेशसम्म जान्थ्यो”, उहाँले भन्नुभयो, “बहुदल आएसँगै सबै सामान विदेशबाट आउन थाले हामीले बनाएका साँचो बिक्री हुन छाडे ।” फलाम, पाइन, स्वाग र पित्तलको मिश्रणबाट स्थानीय औजारको प्रयोग गरी यो साँचो बनाइन्छ ।

स्थानीय आरनमा फलाम तताएर पिटेपछि निश्चित् आकारमा साँचो बनाइने विश्वकर्माको भनाइ छ । घरको ढोका, बाकस, दराज लगायतमा लगाइने साँचो बजारमा पाइने अन्य साँचोको तुलनामा बलियो मानिन्छ । यो आधुनिकभन्दा केही ठूलो आकारको पनि हुन्छ । यस क्षेत्रमा २०१० सालबाट साँचो उत्पादन हुने गरेको इतिहास भेटिन्छ । स्थानीय चन्द्रवीर विश्वकर्मा लगायतले बगनासे साँचोको सुरुआत गरेका थिए । पुस्ता हस्तान्तरण एवं संरक्षणको अभावले गर्दा अहिले लोपन्मुख हुने अवस्था पुगेको उहाँहरुको भनाइ छ ।

बजारमा आधुनिक साँचो आउनु अगाडि प्रचुर मात्रामा बगनासे साँचोको बिक्री वितरण हुने गरे पनि पछिल्लो समयमा अन्य देशबाट आएका आयातित साँचोले गर्दा माग घट्न गएको टेकबहादुरको भनाइ छ । “उमेर छँदा एकै दिनमा तीन वटासम्म बनाउन सकिन्थ्यो”, उहाँ भन्नुहुन्छ, “अहिले मुस्किलले एक दिनमा एउटा तयार गर्छु ।” यहाँका ८÷१० घरमा स्थानीय आरन थिए ।

दैनिक ३० देखि ५० साँचो उत्पादन हुनेगर्दथे । जिल्लाका बराङ्ग्दी, खानिगाउँ, चापपानी, यम्घा, दर्लमदेीख जिल्ला बाहिरसम्म साँचो निर्यात हुने स्थानीय रवीलाल विश्वकर्माको भनाइ छ । साँचोको उत्पादनमा निरन्तरताका लागि यहाँको बगनासकाली गाउँपालिकाले सामान्य पहल गरे पनि त्यो पर्याप्त नभएको उहाँहरुको भनाइ छ । गाउँपालिका अध्यक्ष सरस्वती चिदीले पालिकाका सबै सरकारी कार्यालयले अनिवार्य प्रयोग गर्नुपर्ने नियम बसालिएको बताउनुभयो । चिदीका अनुसार गाउँपालिकाले उत्पादन लागत घटाउन ग्रेण्डर, वेल्डिङ मेसिन, घनलगायतका सामग्री सहयोग गरेको छ । नयाँ प्रविधिको प्रयोगबाट लागत मूल्य घटाउन र बजारीकरणमा ध्यान दिन स्थानीय तहको ध्यान जान नसकेको स्थानीयवासीको भनाइ छ । पाल्पामा परम्परागत सीप र प्रविधिको प्रयोगबाट पाल्पाली करुवा, माटाका भाँडा, फलामका औजार उत्पादन हुदै आएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope