कांग्रेसले ग¥यो पाँच बागी उम्मेदवारलाई कारबाही


नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने पाँच जनालाई कारबाही गरेको छ ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दिएको भन्दै पाँच जनालाई कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा कांग्रेस हुम्लाका महासमिति सदस्य मङ्गलबहादुर शाही, बाराका महाधिवेशन प्रतिनिधिद्वय रविन्द्रप्रसाद (रोशन) यादव, वीरेन्द्रप्रसाद यादव, क्रियाशील सदस्य धर्मेन्द्रप्रसाद यादव र जिल्ला सदस्य राम एकवालप्रसाद यादव रहेका छन् ।

अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले कांग्रेसको विधान बमोजिम पाँच वर्षका लागि सदस्यसमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिइएको जानकारी दिनुभयो । कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका र आधिकारिक उम्मेदवारलाई असहयोग गरेका नेता तथा कार्यकर्ताको नाम केन्द्रीय अनुशासन समितिमा पठाउन आग्रह गरेको छ । —


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope