अब बुढा नेताको काम छैन भनेर म किन भन्छु?


पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विकासको अभियानका लागि एमाले चाहिने बताउनुभएको छ । आज गोदावरी नगरपलिका–८ छम्पीमा पुगेर यहाँका मतदातालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “वास्तविक लोकतन्त्रको रक्षा, विकासका लागि लोकतन्त्र, जनताका जीवनमा सकारात्मक परिवर्तन ल्याउन र देशलाई अगाडि बढाउनका लागि नेकपा एमाले चाहिन्छ । विगतमा हामीले व्यवहारबाट हेरिसकेका छौँ एमालेले कसरी काम गर्छ भनेर ।”

उम्मेदवारलाई सफलताको शुभकामना दिँदै उहाँले देशलाई सही बाटोमा फर्काउने अवसर आएको बताउनुभएको हो । देशव्यापी निर्वाचन अभियानको क्रममा दौडाहामा रहनुभएका ओली आज ललितपुरको क्षेत्र नं १ को छम्पी र क्षेत्र नं ३ को भैँसेपाटी पुगेर आफ्ना उम्मेदवारलाई मत दिन आग्रह गर्नुभएको हो । नेकपा एमालेबाट प्रतिनिधिसभाका लागि ललितपुर क्षेत्र नं १ मा नवराज सिल्वाल र ३ मा अमृत खड्का उम्मेदवार हुनुहुन्छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope