सप्तरीमा ४ लाख १८ हजार ३७४ जना मतदानमा सहभागी हुँदै


सुधा देव
सप्तरी ४ मंसिर 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सप्तरीमा ४ लाख १८ हजार ३७४ मतदाता सहभागी हुँदै छन् । आइतबार  बिहान ७ बजेबाट सुरु भएकाे मतदान प्रक्रियामा उनीहरु सहभागी हुनेछन् ।  जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार जिल्लामा २ लाख १७ हजार २८२ पुरुष, २ लाख १ हजार ७१ महिला र २१ जना अन्य गरी ४ लाख १८ हजार ३७४ मतदाता छन्।

१८ वटै स्थानीय तहमध्ये सबैभन्दा बढी राजविराज नगरपालिकामा ४० हजार ६८६ मतदाता छन्। जसमध्ये २१ हजार ६८० पुरुष, १९ हजार ४ महिला र २ अन्य  छन् ।

सबैभन्दा कम बलान बिहुल गाउँपालिकामा १४ हजार ४९८ मतदाता छन् । जसमध्ये ७ हजार ६८९ पुरुष,६ हजार ८०९ महिला रहेको निार्वचन कार्यालयका प्रमुख रमेशकुमार जोशीले जानकारी दिएका छन् ।

अग्निसाइर कृष्णासवरण गाउँपालिकामा १८ हजार ८९१ छन् । जसमध्ये ९ हजार ३३५ पुरुष, ९ हजार ५ ५२ महिला र ४ अन्य ४ छन्।

कंचनरुप नगरपालिकामा ३६ हजार १३४ जना मतदाता छन्। जसमध्ये १८ हजार २९४ पुरुष, १७ हजार ८३६ महिला र ४ अन्य छन् ।

खडक नगरपालिकामा ३१ हजार ९९७ छन् । जसमध्ये१५ हजार ८३६ पुरुष,१६ हजार १५७ महिला र ४ अन्य  छन् ।  छिन्नमस्ता गाउँपालिकामा १७ हजार ९१८ जना मतदाता छन् ।  जसमध्ये ९ हजार ६८५ पुरुष, ८ हजार २३३ महिला छन् ।

डाक्नेश्वरी नगरपालिकामा २८ हजार ७१७ रहेका छन् । जसमध्य् १५ हजार १८९ पुरुष, १३ हजार ५२८ महिला छन् ।

तिरहुत गाउँपालिकामा १४ हजार ७७१ मतदाता छन् । जसमध्ये ७ हजार ७९७ पुरुष, ६ हजार ९७४ महिला छन् । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा १९ हजार ७६८ जना  छन् । जसमध्ये १० हजार ६४३ पुरुष,९ हजार १२५ महिला छन् ।

बोदेबरसाइन नगरपालिकामा २८ हजार ७०५ रहेका छन् । जसमध्ये १४ हजार ९५३ पुरुष, १३ हजार ७५२ महिला छन् । महादेवा गाउँपालिकामा १७ हजार २२ मतदाता छन्। ९ हजार २९ पुरुष,७ हजार ९९३ महिला  रहेका छन् ।राजगढ गाउँपालिकामा १८ हजार ६२८ जना छन् । जसमध्ये ९ हजार ९६४ पुरुष, ८ हजार ६६४ महिला  छन् ।

रुपनी गाउँपालिकामा १८ हजार २८७ जना रहेका छन् । जसमध्ये ९ हजार ५७७ पुरुष, ८ हजार ७०९ महिला र एक अन्य  छन् ।

विष्णुपुर गाउँपालिकामा १५ हजार १ ४८ मतदाता रहेको जनाइएको छ । ८ हजार १२० पुरुष, ७ हजार २७ महिला र एक अन्य रहेका छन् ।

यसैगरी जिल्लाकै शम्भुनाथ नगरपालिकामा २४ हजार ११२ जना रहेका छन्। जसमध्ये ११ हजार ९८६ पुरुष, १२ हजार १२२ महिला र ४ अन्य छन् । 

सप्तकोशी नगरपालिकामा १५ हजार ४५४ जना रहेका छन् । जसमध्ये ७ हजार ६८९ पुरुष,७ हजार ७६५ महिला छन् ।

सुरुङ्गा नगरपालिकामा २९ हजार ६९३ जना छन् । जसमध्ये  १४ हजार ७०२ पुरुष, १४ हजार ९९० महिला र एक अन्य छन् ।

हनुमाननगर कंकालिनी नगरपालिकामा २७ हजार ९४५ जना छन् । जसमध्ये १५ हजार ११४ पुरुष, १२ हजार ८३१ महिलाा मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope