इण्डोनेशियाको जाभा टापुमा भूकम्प, छयालिस जनाको मृत्यु


जकार्ता, ५ मङ्सिर (रासस÷एपी) :

इण्डोनेशियाको मुख्य टापु जाभामा ५.६ म्याग्निच्युडको भूकम्प हुँदा छयालिस जनाको मृत्यु भएको छ भने सात सय जना घाइते भएका छन् ।

भैँचालाले दर्जनौँ भवन भत्काएको छ भने सुरक्षा अधिकारीहरूले प्रभावित क्षेत्रका सर्वसाधारणलाई सुरक्षाका निम्ति सडकमा पठाएका छन् । भूकम्पमा परी गम्भीर घाइते भएका ४६ जनाको सियानजुर क्षेत्रीय अस्पतालमा मृत्यु भएको तथा अन्य सात सय जना घाइते भएका राष्ट्रिय प्रकोप न्यूनीकरण इकाइका प्रमुख सुहार्यान्तोले बताएका छन् ।

सियानजुर वरपरका क्षेत्रका धेरै स्थानमा पहिरो खसेको, इस्लामिक आवासीय विद्यालय, अस्पताल, सार्वजनिक सुविधाका स्थल र भवनहरू भत्केका छन् । सम्बन्धित निकाय राहत तथा उद्धारका साथै क्षति विवरण सङ्कलन गरिरहेकाले हताहती र क्षतिको पूर्ण विवरण प्राप्त भएको छैन । बृहत् जकार्तालगायत भूकम्पको धक्का महसुस गरिएका स्थानका उच्च भवनका आपत्कालीन ढोकार र सिँढीबाट मानिसहरू सुरक्षित स्थानतर्फ गएका दक्षिणी जर्कार्ताका एक कर्मचारी विदी प्रिमधानीले बताइन् ।

भूकम्पको धक्का निकै शाक्तिशाली थियो । आफ्नो कार्यालय रहेको नवाँै तलाबाट आफू आपत्कालीन भ¥याङबाट सुरक्षित स्थानमा गएको उनले बताइन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope