जीप दुर्घटना हुँदा बैतडीमा चारजनाको मृत्यु


सीपी लोहिया/
बैतडी, ५ मंसिर

बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा चारजनाको मृत्युु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान लोकन्द्रबहादुर थापा मगर, रमेश साउद र सहायक हवल्दार अर्जुन कठायत छन् । एकजनाको शव दुर्घटनाग्रस्त जिपमुनि रहेकाले निकाल्ने प्रयास भइरहेको छ ।  

दुर्घटनामा घाइते भएका चारजनालाई नेपाली सेनाको  हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ । साेमबार बिहान ९ बजे पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनले जनाएको छ । 

६ जना घाइतेको परिचय खुलेको छ । घाइते हुनेमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत छन् । 
जिप सडकबाट करिब दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

दुर्घटनामा परेका प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत थिए । उनीहरूलाई निर्वाचनका लागि बैतडी खटाइएको थियो । जीपमा १२जना प्रहरी सवार रहेको बुुझिएको छ । 

से१ज ८५४ नम्बरको जीप पाटन नगरपालिका-४ को निङलाडी खोलामा दुर्घटना भएको हो । घटनाका विषयमा थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope