बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना, ३ जनाको मृत्यु


बैतडी, ५ मंसिर
बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुदाँ ३ जनाको मृत्युु भएको छ । मृतकको परिचय खुल्न भने बाँकी छ । जीपमा १२ जना प्रहरी सवार रहेको बुुझिएको छ । से १ ज ८५४ नम्बरको जीप पाटन नगरपालिका वडा न.४को निङलाडी खोलामा दुर्घटना भएको वडा अध्यक्ष दिपक बिष्टले बताए । 

दुर्घटनामा परी ९ जना घाइते भएकोमा ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुमध्ये छ जनाकाे पहिचान खुलेको छ । घाइते हुनेमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत रहेका छन् ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । जिप सडकबाट करिब  ३ सय मिटर तल खसेको छ ।  घटनाका बिषयमा थप जानकारी आउन बाँकी छ । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope