कास्की क्षेत्र नं ३ ः मतगणना सुरु गरिँदै: कसले जित्ने?


प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ को मतगणनाको तयारी गरिएको छ ।

यसका लागि सर्वदलीय बैठक आह्वान गरिएको र बैठकपछि ११ बजेदेखि गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी राजाराम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सो क्षेत्रको सबै एक सय १९ मतदान केन्द्रबाट मतपेटिका सङ्कलन भएर मुख्य निर्वाचन अधिकृतको जिल्ला समन्वय समितिको कार्यालयमा संकलन गरिएको छ ।

प्रतिनिधिसभामा सो क्षेत्रमा कूल एक लाख एक हजार सात सय १५ मतदाता रहेकामा ६१ हजार छ सय १४ मत खसेको छ । कास्की ३ मा प्रतिनिधिसभामा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १५ उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रमा प्रतिनिधिसभामा रामजीप्रसाद बराल पाँच दलीय गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ ।

यसैगरी नेकपा (एमाले)बाट दामोदर पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीलगायत उम्मेदवार हुनुहुन्छ ।

यसैगरी प्रदेशसभा ३ (१) मा पाँच दलीय गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का दुर्गादत्त भण्डारी, नेकपा (एमाले)बाट गणेशमान गुरुङ तथा ३ (२)मा नेपाली कांग्रेसका प्रकाश बराल, नेकपा (एमाले)का राजीव पहारीलगायतका उम्मेदवार चुनावी मैदानमा रहनुभएको छ ।

प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छ निर्वाचन क्षेत्र रहेको जिल्लामा क्षेत्र नं २ को गणना सुरु भएको छ भने क्षेत्र नं १ को गणनाका लागि तयारी गरिएको छ । जिल्लामा ६० प्रतिशत हाराहारीमा मतदान भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कास्की जिल्लामा पुरुष एक लाख ३९ हजार ४२, महिला एक लाख ५३ हजार ५२२ र अन्य चार गरी कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता थिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope