कतार विश्वकपः आज तीन खेल हुँदै


काठमाडौं, ५ मंसिर
कतार फिफा विश्वकपको दोस्रो दिन सोमबार तीन खेलहरु हुँदैछन् । पहिलो खेलमा इङ्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुँदैछ ।  यस खेल खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेपाली समय अनुसार साझ पौने सातबजे सुरु हुनेछ । युरोपेली राष्ट्र इङ्ल्यान्ड फिफा बरियतामा पाँचौ स्थानमा छ । एसियाली मुलुक इरान २०औ स्थानमा छ । 
हालसम्म इङ्ल्यान्ड एसियाली मुलुकविरुद्ध एक पटक प्रतिस्पर्धा गरेको छ । आजको खेलसँगै इङ्ल्यान्डले दोस्रो एसियाली मुलुकसँग भेट्नेछ । आजको खेलमा जित निकाल्दै समूह बी को खेलमा इङ्ल्यान्ड महत्वपूर्ण तीन अंक जोड्ने योजनामा छ । इरान भने खेल बराबरी गर्ने रणनीतिमा छ ।

सेनेगल र नेदरल्यान्ड भिड्दै
दिनको दोस्रो खेलमा सेनेगल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार पौने दश बजे अल थुमामा मैदानमा हुनेछ । सेनेगल फिफा वरियतामा १८औं स्थानमा रहँदा नेदरल्यान्ड्स आठौं स्थानमा छ । सेनेगल आफ्ना प्रभावशाली अट्याकर साडिओ मानेबिना मैदान उत्रने पक्का छ । माने घाइते छन् । 
यता, नेदरल्यान्ड्स भने आफ्नो अपराजित यात्रा १५ खेलबाट बढाउन चाहन्छ । लुइस भान गालको नेतृत्वमा रहेको नेदरल्यान्ड्स मानेको अभावमा फाइदा उठाउँने योजनामा छ । स्ट्राइकर मेम्पिस डिपाएले नेदरल्यानड्सको यात्रामा फिनिसिङ पक्षमा उत्कृष्ट साथ दिनेछन् । समूह ए को पहिलो खेलमा इक्वेडरले आयोजक कतारलाई २–० अन्तरले पराजित गर्दै बलियो सुरुवात गरिसकेको छ ।

अमेरिका र वेल्स प्रतिस्पर्धामा 
दिनको अन्तिम खेलमा अमेरिका र युरोपेली राष्ट्र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे अहमेद विन अलि मैदानमा हुने तालिका छ । वेल्स फिफा वरियतामा १९औं स्थानमा रहँदा अमेरिका १६औं स्थानमा छ । समूह बी को खेलमा दुबै टोली विजयी हुँदै सुखद् सुरुवात गर्न चाहन्छन् । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope