कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता


कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिनुभएको छ । जारी मतगणनामा सो पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद कँडेल तीन हजार पाँच सय ४७ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई नेकपा (एमाले)का विद्या भट्टराईले तीन हजार तीन सय ९८ मत सहित पछ्याउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बरालले एक हजार नौ सय ७४ मत ल्याउनुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्तले एक हजार तीन सय ४७ मत ल्याउनुभएको छ ।

त्यस्तै प्रदेशसभातर्फ कास्की–२ (१)मा एमालेका भीम कार्की तीन हजार आठ सय ३४ मतसहित अगाडि हुनुहुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले तीन हजार सात सय ४७ मतसहित पछ्याउनुभएको छ । सो क्षेत्रमा नेकपा (माओवादी केन्द्र)का विश्वप्रकाश लामिछानेले दुई हजार एक सय आठ र हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले एक हजार दुई सय ४० मत ल्याउनुभएको छ । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope