सर्लाही–३ (१)मा कुशवाहा र (२) मा यादव विजयी


सर्लाही निर्वाचन क्षेत्र नं ३ (१) मा प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार जवाहरलाल कुशवाहा विजयी हुनुभएको छ । सोह्र हजार पाँच सय ९१ मतसहति कुशवाहाले जित निकाल्दा निकटतम् प्रतद्विन्द्वी नेकपा (एमाले)का गणेशप्रसाद प्रसाईँले १५ हजार एक सय ६६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै सर्लाही ३(२) प्रदेशसभा सदस्यमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सञ्जयकुमार यादव पुनः विजयी हुनुभएको छ ।

यसै प्रदेशसभाबाट निवर्तमान प्रदेशसभा सदस्यसमेत रहनुभएका उहाँले १३ हजार एक सय ९० मत प्राप्त गरी विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सरोजकुमार रायले आठ हजार तीन सय ४८ मतमात्र प्राप्त गर्नुभएको निर्वाचन अधिकृत वशिष्टकुमार घिमिरेले बताउनुभयो । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार हरेसप्रसाद महतोले आठ हजार ३५ मत प्राप्त गर्नुभएको छ । जिल्लामा तीन प्रतिनिधिसभा र सात प्रदेशसभा सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope