राप्रपाका विक्रम पाण्डे विजयी


चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी हुनुभएको छ । शुक्रबार राति सम्पन्न मतगणनामा पाण्डे नौ हजार दुई सय ३३ मतान्तरका साथ विजयी हुनुभएको हो ।

पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका उम्मेदवार डा भोजराज अधिकारीले २५ हजार आठ सय २२ मत प्राप्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले १४ हजार आठ सय ४२ मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२ हजार दुई सय ७५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा ९४ हजार दुई सय ८० मत खसेको थियो ।

यस्तै चितवन क्षेत्र नम्बर ३ प्रदेश २ मा नेकपा माओवादीका ठाकुर ढकाल विजयी हुनुभएको छ । उहाँ १५ हजार चार सय ६१ मतका साथ विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी राप्रपाकी रीना गुरुङले १४ हजार छ सय १५ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)की सरस्वती विष्टले १० हजार एक सय २४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशअन्तर्गतको यस क्षेत्रमा ४४ हजार ६८ मत खसेको थियो । —


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope