नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकियो


कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकिएको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल १–१ गोलको बराबरी सकिएको हो । यस बराबरी खेलसँगै दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका छन् ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने नेदरल्यान्ड्सले लिएको थियोे । खेलको छैटौँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४९औँ मिनेटमा इक्वेडरका इनर भ्यालेन्सियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै समूह ‘ए’ मा रहेका नेदरल्यान्ड्स र इक्वेडरले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेका छन् । नेदरल्यान्ड्सले दुई खेलमा ४ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ ।

समान खेल खेलेको इक्वेडर ४ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । नेदरल्यान्ड्सले पहिलो खेलमा सेनेगललाई २–० ले हराएको थियो । यस्तै इक्वेडरले आयोजक कतारलाई २–० ले नै हराएको थियो । यस समूहमा सेनेगल ३ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । यस समूहबाट आयोजक कतार भने लगातार दोस्रो हार बेहोर्दै समूह चरणबाट बाहिरिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope