किवीले बजार पाएन भन्दछन् ः कहाँ लैजाने र बिक्री गर्ने


ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित दोखुका राजकुमार गुरुङले यस वर्ष झण्डै ३० क्विन्टल किवी उत्पादन गर्नुभएको छ । व्यावसायिकरुपमा केही वर्षदेखि किवीको खेती गर्दै आउनुभएका उहाँलाई नपाक्दासम्म रोग कीरा लाग्ला भन्ने चिन्तामा हुनुहुन्थ्यो ।

उहाँलाई किवी बोटमा पाक्न थाल्छ फेरि बजार र मूल्य नपाइएला भन्ने चिन्ता थपिन्छ । केही वर्षदेखि उहाँलाई यस्तै चिन्ता निरन्तर छ ।

यस वर्ष उत्पादन भएको मध्ये करिब चार क्विन्टल किवी बिक्री गरिसक्नुभएका किसान गुरुङलाई बाँकी रहेको कता लैजाने र कहाँ बिक्री गर्ने गर्ने भन्ने अन्योल छ । “जिल्ला बाहिरका आफन्तलाई फोन गरेर, छरछिमेकलाई अनुरोध गरेर अलि अलि बेचियो, बाँकी कता लैजाने भन्ने अन्योल छ, केही लागेन भने रक्सी पारौँला भन्ने छ”, उहाँले भन्नुभयो । उहाँले काठमाडाँैलगायत विभिन्न जिल्लामा रहेका आफन्त, साथीभाइलाई केही मात्रामा पठाउनुभयो । होलसेल प्रतिकिलो रु एक सय र फाट्टफुट्ट रु एक सय ५० का दरले बिक्री गरेको उहाँले बताउनुभयो । उत्पादन गरे पनि बजार र मूल्य नपाउँदा समस्या भएको उहाँले बताउनुभयो । यस्तै दोखुकै रमेश गुरुङले उत्पादन गरेको किवी ठूलो मात्रामा कुहिएर गयो ।

पाकेलगत्तै टिपेर राख्नुभएका गुरुङले बजार पाउनुभएन । बजार पाइएलाभन्दा भन्दै ठूलो मात्रामा कुहिएको उहाँले बताउनुभयो । यसरी बजार नपाउँदा उहाँहरु मात्रै नभई जिल्लाका दर्जनौँ किसान निरास छन् ।

यहाँका अधिकांश किसानले किवी खेतीबाट राम्रै आम्दानी हुन्छ भन्ने आशाले यसको व्यावसायिक खेती सुरु गरेका थिए तर उत्पादनसँगै बजारमा यसको माग घटेकाले किसान समस्यामा परेका छन् । “एक समयमा किवीको खुबै चर्चा थियो, बजार र मूल्य राम्रो छ, मनग्य आम्दानी हुन्छ भन्ने समाचार सुनियो, गाउँगाउँमा उस्तै हल्ला चल्यो, त्यही समयदेखि मेहनतका साथ लागियो तर अहिले न बजार छ, न मूल्य नै, मेहनत र लगानी खेर जाने चिन्ता छ”, राजकुमार गुरुङले भन्नुभयो ।

समयमा बजारीकरण नभए पनि शीतभण्डार (कोल्डस्टोर) भए पनि केही राहत मिल्ने किसानको भनाइ छ । “पाकेर बोटबाटै झर्ने अवस्था आएपछि टिप्नै पर्छ, समयमै बिक्री भएन भने कुहिएरै जाने अवस्था आउँछ, कम्तीमा ठाउँठाउँमा शीतभण्डार भए पनि केही राहत हुने थियो”, सिरीजङ्घा गाउँपालिका–७ खेवाङका नरेन्द्र तिवारीले भन्नुभयो । उहाँले यो पटक आफूले उत्पादन गरेको किवी बल्लतल्ल झापा लगेर रु एक सय प्रतिकिलोका दरले बेच्नुभयो । गाउँघरमा रु ७० देखि ८० का दरले बिक्री गरेको उहाँको भनाइ छ । धेरै किसान यसको व्यावसायिक खेतीतर्फ आकर्षक भए पनि बजार र मूल्य अभावकै कारण निरास हुनुपरेको तिवारीले बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope