नवनिर्वाचित सांसदलाई लुम्बिनी विकास कोषको सम्मान

लुम्बिनी विकास कोषले रुपन्देहीको निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित वासुदेव घिमिरे र प्रदेशसभा सदस्यमा निर्वाचित सिके गुप्तालाई बिहीबार कोषले सम्मान गरेको हो । कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई र सदस्यसचिव सानुराजा शाक्यले खादा ओढाएर उहाँहरूलाई सम्मान गर्नुभयो ।
सो अवसरमा सांसद घिमिरेले विश्वमा लुम्बिनीबाटै नेपाल चिनाउन सकिने भएकाले यसको विकासमा सबै पक्षबीच हातेमालो जरुरी रहेको बताउनुभयो । लुम्बिनीलाई केन्द्रमा राखेर रुपन्देहीको विकास निर्माणलाई अगाडि बढाउने विश्वास दिलाउँदै उहाँले कोषको गुरुयोजना सम्पन्न गर्न सङ्घीय सांसदका रूपमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निर्वाचन क्षेत्र न ५ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य गुप्ताले लुम्बिनीको विकासका लागि आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाउँदै लुम्बिनीमा एक सुविधासम्पन्न अस्पतालको आवश्यकता रहेकाले त्यसका लागि सबैलाई एकजुट हुन आग्रह गर्नुभयो ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनी गुरुयोजना पूरा गर्नु नै आफूहरूको पहिलो प्राथमिकता रहेको बताउनुभयो । उहाँले लुम्बिनी गुरुयोजना पूरा गर्नका लागि आवश्यक पर्ने बजेट उपलब्ध गराउनका लागि पहल गरिदिन अनुरोध गर्नुयभो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस