कानुन नमान्नेको कथामा ‘द आउट ल’


काठमाडौं, १५ पुस । रेट्रो गु्रपको व्यानरमा निर्माण गर्न लागिएको फिल्म ‘द आउट ल’ निर्माण घोषणा गरिएको छ । निर्माण टिमले अंगेजी नयाँ वर्षको छेको पारेर यो फिल्म निर्माण गर्ने घोषणा गरेको हो । साथै, फिल्मको थिम टिजर र फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ ।

अभिनेता सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी, महेश त्रिपाठी, लगायतका कलाकारको मुख्य भुमिका रहने फिल्म पूर्ण एक्सन–थ्रिलर जनरामा निर्माण हुनेछ । विक्की महर्जनको निर्देशनमा निर्माण हुन लागेको यो फिल्मले कानुन नमान्ने व्यक्तिको कथा बोल्नेछ ।

कोरोना महामारीपछि अभिनेता सुशीलको लागि यो कमब्याक प्रोजेक्ट हो । सन् २०१५ मा होस्टेल रिटन्र्सबाट अभिनय करिअर सुरु गरेका सुशीलले सायद २, कारखाना र बादशाह जुटमा पनि अभिनय गरेका छन् ।

शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने यस फिल्मका कार्यकारी निर्माता विनोद कडायत हुन् । कडायत फिल्म प्रेम गीत ३ का आर्ट डिरेक्टर समेत हुन् ।

निर्माता शशांक खड्काले फिल्मको छायांकनका लागि सम्पुर्ण तयारी पुरा भएको बताए । उनले जनवरी जनवरी ५ बाट निर्माण टिम फ्लोरमा निस्कने जानकारी दिए ।

उनले भने, ‘फिल्मको कथा असाध्यै दमदार छ । युथ टार्गेट स्टोरी कथामा निर्माण हुने फिल्म मेकिङ टिममा धेरैजसो पढेका र युथ भएकाले फिल्मको आउटपुट राम्रो निस्कने विश्वास छ ।’

नविन गुरुङ फिल्मका डिओपी हुन् । २ करोड हाराहारी बजेट खर्च हुने अनुमान गरिएको यो फिल्म आगामी बर्षको दशैंमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope