साउथ फिल्मको यी चर्चित ब्रेकअप


मुम्बई, २० पुस । सेलिब्रेटीहरू प्रायःजसाे आफ्नो सम्बन्धलाई लिएर चर्चामा आउँछन् । चाहे त्यो सम्बन्धको सुरुवात होस् या अन्त्य । फ्यानहरू जहिल्यै आफ्नो प्रिय स्टारको निजी जीवनसँग जोडिएका कुुरा जान्न चाहन्छन् । यहाँ साउथ फिल्म उद्योगका केही यस्ता जोडीको चर्चा गरिएको छ, जो आफ्नो प्रेमका कारण जति चर्चामा थिए, ब्रेकअपका कारण पनि उत्तिकै चर्चा पाए ।

नागा चैतन्य र सामन्था रुथ प्रभु

टलिउडमा नागा चैतन्य र सामन्था रुथ प्रभु लोकप्रिय जोडीका रुपमा चिनिन्थे । दुवैको प्रेम उनीहरू अभिनित ब्लकबस्टर फिल्म ‘ये माया चेसावे’ को सेटबाट अंकुराएको थियो । उनीहरुले कैयौं वर्षसम्म डेट गरेर सन् २०१७ मा विवाह गरे । तर, चार वर्षपछि उनीहरू अलग्गिए । नागा र सामन्थाले अक्टोबर २०२१ मा अलग्गिने निर्णय लिए ।

रक्षित शेट्टी र रश्मिका मन्दाना

रश्मिका मन्दाना र रक्षित शेट्टीको भेट सन् २०१६ को कन्नड फिल्म ‘किरिक पार्टी’को सेटमा भएको थियो । यो भेटपछि उनीहरूले डेटिङ सुरु गरेका थिए । एक वर्षपछि उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सन् २०१७ मा गृहनगर विराजपेट, कर्नाटकमा तामझामका साथ इन्गेजमेन्ट गरे । तर, एक वर्षपछि सन् २०१८ मा उनीहरुले इन्गेजमेन्ट तोडे । उनीहरुले प्रतिकुल मुद्दाका कारण सम्बन्ध तोडेको चर्चा चलेको थियो ।

नयनतारा र प्रभु देवा

विग्नेश शिवनका साथ सम्बन्धमा आउनुअघि नयनतारा ब्रेकअपका कारण चर्चामा थिइन् । विग्नेशअघि उनको सम्बन्ध निर्देशक तथा कोरियोग्राफर प्रभु देवासँग थियो । सन् २००९ मा उनी प्रभु देवासँग प्रेममा थिइन् । यद्यपि प्रभु विवाहित भएकाले उनीहरूको सम्बन्ध लामो समय रहेन । सन् २०१० मा प्रभुले आफू दुई वर्षदेखि नयनतारासँग प्रेममा रहेको खुलासा गरेपछि प्रभु देवा र उनकी पत्नी लताले सम्बन्धविच्छेद गरे । लतासँग सम्बन्धविच्छेद गरे पनि नयनतारासँग प्रभुको सम्बन्ध लामो समय टिक्न सकेन ।

अमला पल र भविन्दर सिंह

एएल विजयसँग सम्बन्धविच्छेद भएपछि अमला पल पुडुचरी गइन् । सन् २०१० मा उनी गायक भविन्दर सिंहसँग प्रेममा रहेर विवाह गरेकी थिइन् । विवाहका केही तस्वीर भाइरल भएको थियो । तर अभिनेत्रीले भने त्यो विवाह नभई फोटोसुट भएको दाबी गरिन् । तर भविन्दरले भने आफूले अमलासँग विवाह गरेको प्रमाण पेश गरेका थिए । तर, सन् २०२० मा अमलाले भविन्दरविरुद्ध अदालतमा मुद्दा दायर गरेपछि उनीहरूको सम्बन्धमा ब्रेक लागेको थियो । यो मुद्दा अहिले अदालतमा विचाराधिन छ ।

राणा दग्गुबाती र तृषा कृष्णन

राणा दग्गुबाती र तृषा कृष्णन साउथको लोकप्रिय जोडीमध्ये एक थिए । उनीहरू प्रायः सार्वजनिक कार्यक्रम, अवार्ड, पार्टीमा एकसाथ देखिन्थे । यद्यपि उनीहरुले आफ्नो सम्बन्धलाई कहिल्यै खुले स्वीकारेनन् । उनीहरुले १० वर्ष डेट गरे पनि त्यसले पूर्णता पाएन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope