अमेरिकी क्लव आहा रारा गोल्डकपको फाइनलमा 


न्युज कारखाना

पोखरा, २१ पुस 

अमेरिकी क्लब बीवाईएससी पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको दोश्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले हराउँदै अमेरिकी टोली फाइनल प्रवेश गरेको हो । 

बीवाइएससीले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै अग्रता लिएको हो । दोश्रो हाफमा दुवै टीमबाट गोल भएन । अन्ततः बीवाइएससीका रोजिन प्रजापतिको गोल नै निर्णायक बन्यो । 

पहिलो हाफमा ३ मिनेट अतिरिक्त समय थपिएकोमा ४६औं मिनेटमा प्रजापतिले गोल गरेका हुन् । खेलको अन्तिममा चर्च ब्वाइजका आशिष चौधरीले रातो कार्ड पाएर मैदानबाट बाहिरिए । 

अब फाइनलमा बीवाइएससीले संकटालाई पार लगाउनुपर्छ । शनिबार पोखरा रंगशालामा संकटा विरुद्ध उत्रिने छ । संकटाले एपिएफलाई हराएर फाइनल प्रवेश गरेको हो । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope