‘ठग’ नटरलाल पक्राउ


न्युज कारखाना

धनगढी, २१ पुस

विभिन्न बाहना तथा छुट्टाछुट्टै परिचय दिएर करौडैंको ठगि गर्दै आएका नटरलाल उप नामले परिचित दार्चुलाका पदमराज भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।

बैंक तथा वित्तिय संस्थाको प्रमुख रहेको र त्याहा बाट ऋण उपलप्ध गाईदिने बहानामा होस वा अर्काको नामको जग्गा आफ्नो भन्दै वेचेर नक्कली पूर्जा दिने, महिलाको अस्लिल भिडियो बनाई बार्गेनिङ गर्ने जस्ता अपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नटरलालले कैलाली, कञ्चनपुरलाई ठगि गर्ने मुख्य थलो बनाएका थिए । त्यसबाहेक उनले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा पनि ठगि गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

दार्चुलोको लेकम गाउँपालिका–१ घर भएका नटरलाललाई धनगढी–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

हाल प्रहरीले नटरलाल माथी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए । साथै निज नटरलाल उपनाम गरेका पदमराज भट्टबाट ठगिएका व्यक्तिलाई प्रमाण सहित जिल्ला प्रहरीमा जाहेरी दिन पनि प्रहरीले आग्रह गरेको छ ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope