पोखरामा ८ माघदेखि अन्तर्राष्ट्रिय भलिवल प्रतियोगिता


पोखरा, २१ पुस । पोखरामा माघ ८ गतेदेखि तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लव महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । टाइगर ग्रुप अफ पोखराले प्रतियोगिताको तयारी सुरु भइसकेको जनाएको छ । 

माघ १४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा २ विदेशी टिमसहित १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ । अध्यक्ष नारायण प्रसाद शर्माका अनुसार प्रतियोगितामा महिला र पुरुषतर्फ ५–५ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषतर्फ साविक विजेता त्रिभुवन आर्मी क्लबसहित नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी वलको (एपिएफ) क्लव, गण्डकी प्रदेश र एसटी जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका सहभागी हुने छन् ।

महिलातर्फ विदेशी टिम केरला स्टेट इलेक्ट्रोनिक बोर्ड भारतसहित त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, शसस्त्र प्रहरी वलक (एपिएफ) क्लव र न्यू डायमण्ड स्पोर्टस क्लब सहभागी हुनेछन् ।

प्रतियोगितामा दुवैतर्फ विजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । अघिललो वर्ष विजेताले २ लाख ५० हजार मात्रै पुरस्कार पाएका थिए । दोश्रो हुनेले २ लाख ५० हजार पाउँदा तेश्रो हुने टिमले १ लाख २५ हजार र सान्त्वना हुने टिमले ६५ हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछ ।

महिला तथा पुरुषतर्फ दुवैतर्फ उत्कृष्ट १–१ खेलाडीले जनही २५–२५ हजार पाउने अध्यक्ष शर्माले जानकारी दिए । उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई १०–१० हजार र ट्रफीसहित प्रदान गरिनेछ । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope