आमा समुहको अगुवाइमा होमस्टे


न्युज कारखाना
लमजुङ २२ पुस

बेंसीशहर नगरपालिका ६ पुमागाउँका महिलाहरु गाउँलाई पर्यटनसँग जोडी आर्थिक उपार्जन गर्न सक्रिय बनेका छन् । कन्या देवी आमा समुहमा आबद्ध महिलाहरूले  पुमागाउँ होमस्टे (घरबास) सुरु गरेका हुन् ।

कन्या देवी आमा समूहकी अध्यक्ष सुकमाया गुरुङले गाउँमा पर्यटक भित्राउन होमस्टेसहित अन्य तयारी थालेको उनी बताउँछिन् । पर्यटकलाई घुम्न तथा गाउँको आम्दानीका लागि सामुहिक चिया र कफी खेती सुरु गरिएको उनले बताइन् । ‘जग्गा बाँझो पल्टिएको थियो । यहाँ चिया र कफीको बगान बनाएर पर्यटक भुलाउँछौँ,’ उनले भनिन् ।

पुमा गाउँ पर्यटन विकास समितिका अध्यक्ष हरि गुरुङका अनुसार ५२ घरधुरी रहेको पुमागाउँबाट सदरमुकाम बेसीशहर बजार, दुई दर्जन बढी गाउँबस्ती, लमजुङ हिमाल, अन्नपूर्ण हिमाल, ङादीचुली (डा. हर्क हिमाल) लगायतका हिमालहरू नजिकैबाट दृष्यावलोकन गर्न सकिन्छ । एक पटकमा गाउँमा आएका २० जना पाहुनालाई होमस्टेमा राख्न सकिन्छ  ।

सदरमुकाम बेसीशहरबाट ११ किलोमिटरको दूरीमा पुमागाउँ पर्छ । गाउँसम्मै राम्रो सडक भएकाले बेसीशहरबाट १ घण्टामा मोटरमा पुग्न सकिन्छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope