म घरबाहिर घाम तापेर बसिराखेको थिएँ । जहाज मेराे आँखै अगाडी सेती खोचको डिलमा बजारियो ।पोखरामा बिमान दुर्घटना

प्लेन खस्नेबित्तिकै गेट खोलेर (सेतीखोंचलाई वरिपरि फलामे तारले घेरेर बन्द गरिएको छ, जसमा भित्र पस्न गेट बनाइएको छ) म भित्र दौडिएको हुँ ।
चप्पल पनि लगाको थिइनँ, म खाली खुट्टै दुर्घटनास्थलमा पुगेको थिएँ ।
म पुग्दासम्म अरु कोही पनि पुगेका थिएनन् । सुरुमा हेर्दा एकजना केटीलाई डिलमा देखें । म उनै भएकोतिर दौडिएको हुँ । त्यहाँ पुगेर मैले उनलाई तानें ।
सास चलिरहेको थियो । त्यो केटीलाई पानी नदिनूभन्दै थिएँ, अर्को एकजना बुढो दाइ आएर पानी हालिदियो ।
मैले नहाल्नूनहाल्नू भन्दा भन्दै बुढोले पानी, माटो हाल्दियो ।
घटना हुँदा १४-१५ जना नजिकै थिए । तर, त्यहाँ आएर कोही बचाउन आएनन् ।
प्लेन सुरुमा बाहिरै ठोक्किएर तल खसेको थियो, बाहिर ठोक्किँदा केही मान्छे बाहिर खसे । उनीहरुलाई मैले निकाले । २ जनाको त सासै चलिराखेको थियो ।
पछि उनीहरुलाई गण्डकी अस्पाल लगेको सुनें, अहिले के भयो थाहा छैन । मैलेचाहिँ डिलबाट ज्युँदै निकालेको हुँ । बाहिर अरु पनि खसेका थिए, अरुलाई पनि निकाल्न आउनुभन्दा कोही आएनन् । सबै भिडियो बनाएर बसे ।
अझ मैले त ‘तपाईंका बाबुआमा होलान्, दाजु भाइ होलान् आउनुस्’ भनेको हुँ । मेरो कुरा सुनेनन्, म एक्लैले ७ वटालाई बाहिर निकालें ।
(पोखरामा विमान दुर्घटना भएकोस्थल नजिकैका बासिन्दा बस्यालसँग अनलाइनखबरकर्मी विकास रोका मगरले गरेको कुराकानीको सम्पादित अंश: Source: Online khabar)
दुर्घटनाग्रस्त जहाजमा सवार ७२ मध्ये १५ विदेशी, ३ बालबालिका
१ माघ, काठमाडौं । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ ।
अनलाइनखबरलाई प्राप्त यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार तीमध्ये १५ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् ।
काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि यो जहाज उडेको थियो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार साढे ११ बजेसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ । थप उद्धार कार्य जारी छ ।
दुर्घटनामा पर्नेमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका १/१ जना रहेका छन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस