तरकारीले उकास्यो जीवनस्तर


धन कमाउन विदेश जानुपर्दैन, यसको उदाहरण बन्नुभएको छ, सिन्धुपाल्चोकको लिसँखुपाखर गाउँपालिका–५ जेठलका मकरबहादुर तामाङ ।

चार वर्ष साउदी अरबमा बस्नुभएका तामाङले त्यहाँ बालुवामा तरकारी फलेको देखेपछि उत्साहित भएर गाउँ फर्की तरकारी खेती गर्नुभएको हो । छ महिना खान नपुग्ने उहाँको परिवारले अहिले तरकारी खेतीबाटै वार्षिक रु पाँच लाख आम्दानी लिन थालेको छ ।

यसका साथै तामाङले ३० जनालाई रोजगारीसमेत दिनुभएको छ । साउदी अरबको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “बालुवामा पाँच फिट माटो राखेर तरकारी लगाउँदा हुँदोरहेछ ।” त्यहाँको तरकारी बजारमा काम गर्दाको अनुभवलाई यहाँ प्रयोग गर्दा राम्रो मुनाफा हात पार्न सफल भएको तामाङले बताउनुभयो । सिलढुङ्गा तरकारी सङ्कलन तथा आलु बीउभण्डारका अध्यक्षसमेत रहनुभएका उहाँ भन्नुहुन्छ, “सिँचाइका लागि सम्भावना भए पनि सम्बन्धित निकायमा माग गर्दा सुनुवाइ भएन ।”

तामाङ तरकारीमा रासायनिक मलको सट्टा जैविक विषादी बनाएर प्रयोग गर्नुहुन्छ । रासायनिक मल प्रयोग गरेको तरकारीले दीर्घकालीन रोग बढाउने बुझेपछि उहाँले त्यसको बदलामा जैविक विषादी प्रयोग गर्न थाल्नुभएको हो ।

झारबाटै विषादी बनाएर तरकारीमा छर्कने गर्नुभएको छ । रासायनिक विषादी रोगको कारण भन्ने थाहा भएपछि यसको प्रयोग गर्न छाडेको तामाङले बताउनुभयो । गत वर्षदेखि उहाँले रासायनिक मल प्रयोग पूर्णरुपमा छाडेर जैविक विषादी प्रयोग गरेर तरकारी फलाइरहनुभएको छ । गाउँघरमै पाइने तीतेपाती, उरेलुलगायत झारपातबाट सजिलो तरिकाबाट तामाङ विषादी बनाइरहनुभएको छ । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope