चन्द्रमामा पाइला राख्ने दोस्रो व्यक्ति एल्ड्रिनको ९३ औं जन्मदिनमा विवाह

चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति अपोलो ११ का अन्तरिक्ष यात्री बज एल्ड्रिनले आफ्नो ९३ औं जन्मदिनमा शुक्रबार प्रेमिकासँग विवाह गरेको बताउनुभएको छ । अल्ड्रिन र बज एल्ड्रिन भेन्चर्सका कार्यकारी उपाध्यक्ष एन्का फौरले विवाह गर्नुभएको हो ।
“मेरो ९३ औं जन्मदिनमा मेरो लामो समयदेखिको प्रेम डा. एन्का फाउर र मैले विवाहिक सम्बन्धको गाँठो कसेका छौं,” एल्ड्रिनले आफ्नो र ६३ वर्षीय फौरको तस्बिरसहित ट्वीट गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “हामी लस एन्जलसमा एक सानो निजी समारोहमा पवित्र विवाहमा सामेल भयौं । हामी प्रेमपछि भागी विवाह गर्ने किशोरहरू जत्तिकै उत्साहित छौं ।”
उहाँको लिङ्क्डइन प्रोफाइलका अनुसार फाउरले सन् १९९६ मा पिट्सबर्ग विश्वविद्यालयबाट केमिकल इन्जिनियरिङमा विद्यावारिधि हासिल गर्नुभएको थियो भने बज एल्ड्रिन भेन्चर्समा सामेल हुनुअघि युनियन कार्बाइड र जोनसन म्याथेका लागि काम गर्नुभएको थियो । उहाँले क्यालिफोर्निया हाइड्रोजन बिजनेस काउन्सिलको कोषाध्यक्षको रूपमा पनि काम गर्नुभएको थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस