‘सोनाम ल्होसार’को शुभकामना


कर्णाली प्रदेशका प्रमुख तिलक परियारले तामाङहरूको महान् पर्व ‘सोनाम ल्होसार २०७९’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “जातीय तथा सांस्कृतिक विविधता रहेको हाम्रो मुलुकमा तामाङ समुदायले यस पर्वलाई नयाँ वर्ष तथा न्वागी पूजाका रूपमा हर्षोल्लासपूर्वक धुमधामसँग मनाउने गर्दछन् ।

जसले आपसी मनोरञ्जन दिनुका साथै हामीबीचको बन्धुत्व, सद्भाव र पारस्पारिकता कायम गर्न मद्दत पुगेको छ ।” मुलुकमा प्रचलित यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नु हाम्रो दायित्व भएको उहाँले बताउनुभएको छ । प्रदेश प्रमुख परियारले तामाङ समुदायको यस पर्वले सबै नेपालीमा नयाँ उमङ्ग ल्याउन र शान्तिको सन्देश फैलाउँदै राष्ट्रिय एकता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण्ण राख्न प्रेरणा मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope