बक्तृत्वकलामा लमजुङमै ठुलो राशीको पुरस्कार, आदर्शका पाण्डेले जिते ५० हजार


न्युज कारखाना 

लमजुङ, १९ माघ

लमजुङको मध्यनेपाल नगरपालिका–१० को नेटास्थित गणेश मालिका माध्यमिक विद्यालयले जिल्लामै सबैभन्दा ठुलो धनराशीको पुरस्कार ब्यवस्था गरी बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।

विद्यालयको बार्षिकोत्सवको अवसरमा आयोजित जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताको ५० हजार रुपैयाँ राशीको पुरस्कार आदर्श बाल माद्यामिक विद्यालयका सन्देश पाण्डेले हात पारेका छन् ।

विद्यालयको ४४औं वार्षिकोत्सवको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा पाण्डेले जिल्लाभरका २१ प्रतियोगिलाई पछि पार्दै सो पुरस्कार जितेका हुन् ।

विद्याज्योति माध्यमिक विद्यालयकी सलिना मजाकोटीले द्वितीय स्थान प्राप्त गरी ३० हजार रुपैयाँ जितिन भने आयोजक गणेश मालिका माद्यामिक विद्यालयकी कृतिका दुराले तृतीय स्थान प्राप्त गरी २० हजार रुपैयाँ पाइन भने सान्त्वना हुने सरस्वती माध्यमिक विद्यालयकी सोफिया वि.क.ले १० हजार पुरस्कार प्राप्त गरिन् ।

विद्यालयका अनुसार प्रतियोगिताको मूल्यांकन गर्न पिएन क्याम्पस पोखराबाट प्राध्यापकहरु ल्याइएको थियो । प्रतियोगितामा इन्टरनेट बरदानकि अभिशाप र वैदेशिक रोजगार भन्दा स्वरोजगार नै ठिक भन्ने दुई शिर्षक उपलब्ध गराइएको थियो । दुईबटा शिर्षक मध्ये गोला प्रथाद्वारा प्रतियोगिताको समयमा कुन विषयमा बोल्ने भन्ने विद्यार्थीले छनौट गर्न पाउने गरी व्यवस्था गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बस्नेतकाअनुसार नेटा घर भई हाल काठमाडौं बस्ने सूर्यबहादुर गुरुङ र खेमबहादुर गुरुङले आफ्ना स्वर्गिय बाबुआमा मानबहादुर र मैत कुमारीको सम्झनामा १० वर्षसम्मको लागि रनिङ शिल्डसहित वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने गरी पुरस्कारको ब्यवस्था गरेका हुन् ।

प्रतियोगिता सञ्चालन गर्दा बाहिरी जिल्लाबाट मूल्यांकन गर्ने व्यक्तिहरु ल्याउने र उनीहरुलाई दिने पारिश्रमिक तथा कार्यक्रम व्यवस्थापन खर्चसमेत उनीहरुले नै उपलब्ध गराउने छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope