नेपाल क्रान्तिकारी किसान संघ भक्तपुरको सम्मेलन सुरु


भक्तपुर, २० माघ । नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी किसान स‌ंघ (नेक्राकिसंघ) भक्तपुरको आठौँ जिल्ला सम्मेलन शुक्रबारदेखि सुरु भएको छ ।

सम्मेलनको उद्घाटन पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले गरे । सम्मेलनको उद्घाटन भक्तपुरको मधयपुर थिमि नगरपालिका वडा नं ८ बोडेको लाछी टोलमा भएको छ । सम्मेलन सुरु हुनअघि शङ्खघर चोक मध्यपुर थिमिमा भेला भएर निकालिएकाे बाजागाजासहितकाे र्‍याली बालकुमारी, चपाचो, पुरानो ठिमी, नगरदेश हुँदै बोडेको लाछी टोलमा पुगेकाे थियाे ।

सो क्रममा उनीहरुले नेक्राकिसङ्घको तेस्रो राष्ट्रिय सम्मेलन सफल पारौँ, क्रान्तिकारी भूमिसुधार लागु गर, आदर निकेतनको व्यवस्था गर, स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर, गुठी जग्गा रैकरमा परिणत गर्ने व्यवस्था गर, जोताहा किसानहरूलाई मोहियानी हकको व्यवस्था गर, भारतीय विस्तारवाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद जस्ता नारा लगाएका थिए ।

नेक्राकिसंघ जिल्ला सम्मेलन तयारी समितिका संयोजक गोविन्द दुवालको सभापतित्वमा कार्यक्रम भएको हो । सम्मेलनमा काठमाडौँ, ललितपुर र काभ्रेका किसान प्रतिनिधिहरूले पनि सम्वोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

सम्मेलनको दोस्रो दिन शनिबार बन्द सत्र हुने जनाइएको छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope